न्युज 1नेपाल संवाददाता
बैसाख २३ गते, जनकपुर।
नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौं धनुषा जिल्ला अधिवेशन अस्ति गीत गरिएको छ। अधिवेशनको बन्द सत्रमा मङ्गलबार दुईगुट बीच विवाद बढेपछि निर्वाचन समितिले अधिवेशनलाई स्थगित गरिएको हो।बन्द सत्रमा मधेश प्रदेशमा एमाले नेता रघुवीर महासेठ र लिला श्रेष्ठबीच बढेको शक्ति सञ्चयका कारण एमाले धनुषा अधिवेशन तनावपूर्ण बनेको छ । मतदानकै दिन मंगलबार एमाले धनुषा अधिवेशनमा झडप, तोडफोड र एक–अर्कालाई लखेटीलखेटी कुटपिट गरिएको स्थितिसम्म उत्पन्न भएको थियो ।झडपको क्रममा पाँचजना घाइते भएका छन्। yopतनाव बढेपछि धनुषा एमालेको ८ औं अधिवेशनको निर्वाचन प्रक्रिया बुधबारसम्मका लागि स्थगित गरिएको जनाएको छ ।