• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

पत्रकार सुरेश रजकको हत्या विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने नेपाल पत्रकार महासङ्घको माग

img

न्युज 1नेपाल संवाददाता
बैसाख २१ गते, काठमाडौँ
नेपालमा प्रेस स्वतन्त्रता पूर्णरूपेन कायम राख्न नेपाल पत्रकार महासंघले आफ्नो सक्रियता देखाउँदै चैत १५ गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटना अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले प्रतिवेदन पेश गरेको छ। सुरेश रजक मृत्यु प्रकरणको अध्ययन गर्न बनेको महासंघको समितिले उक्त रायसहितको प्रतिवेदन बुझाएको हो । हिजो देशव्यापी रूपमा विश्व स्वतन्त्रता दिवस मनाउने क्रममा हरेक जिल्लाहरूमा पत्रकार सुरेश रजकको हत्या विषयमा घटनाको छानबिन गर्न राज्यले उच्च छानबिन आयोग गठन गर्न समेत माग गरेका थिए। मुलुकमा यही अवस्था रहिरह्यो भने प्रेस स्वतन्त्रता पूर्णरूपमा कायम रहन सकिँदैन भन्ने हरेक स्थानबाट विचार अभिव्यक्ति आएको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी