• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको विजेता खडग वारियर्स

img

भूपदेव माली
बैशाख २३ गते, सप्तरी।
सप्तरीमा क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित राजविराजमा सम्पन्न जिल्ला स्तरीय क्रिकेट प्रतियाेगिताकाे उपाधी खडक वारियर्सले प्राप्त गरेकाे छ। मङ्गलबार राजबिराज स्थित प वि मा बि खेलमैदानमा सम्पन्न फाइनल खेलमा रूपनी राईडर्सलाई ९६ रनले पराजित गर्दै खडक वारियर्सले उपाधि प्राप्त गरेको हाे।
टस जितेर खडक वारियर्सले ब्याटिंग गर्दै निर्धारित १६ ओभरकाे खेलमा ५ बिकेट गुमाएर १ सय ९४ रनकाे विशाल याेगफल खडा गरेका थिए।
जस खेलमा टिमका लागि अमित यादबले उत्कृष्ट ब्याटिंग गर्दै १० चाैका र ५ छक्काकाे मदतले ९० रन, टिमका लागी अर्का पप्पु यादब(बि) ले ५१ रन, राहुल बिक २२ रन, नितेश यादब(बि) १० रन बनाएका थिए। बलिंग तर्फ रूपनीराईडर्सका गुणान्नद राय र अशोक मेहता २/२ बिकेट तथा रेबति राय १ बिकेट लिएका थिए।
प्रतिउतरमा १ सय ९५ रनकाे लक्ष्य लिएका रूपनी राईडर्सले १५ ओभर २ बलमा सबै बिकेट गुमाएर ९८ रन मात्र बनाउन सफल भएपछि खडकले ९६ रनले याे फाईनल प्रतियाेगिताकाे उपाधी लिएको हाे।
जसमा रूपनीका बिकास दास २७ रन, भाेला साह २४ रन, ओम प्रकाश ११ रन बनाएका थिए।
बलिंग तर्फ खडकका पप्पु यादब र जितु यादबले ३/३ बिकेट माेहम्मद सकिम २ बिकेट तथा नितिश यादब(बि) र राहुल बिकले १/१ बिकेट लिएका थिए। फाईनल खेलकाे प्लेयर अफ दि म्याच अमित यादब घाेषित भएकाे छ।
यसैगरी प्रतियाेगिताकाे प्लेयर अफ दि सिरिज पप्पु यादब(बि), बेस्ट ब्याटर अमित यादब, बेेस्ट बलर गुनानन्द राय घाेेषित भएका थिए ।
उक्त अवसरमा मधेश प्रदेश सभाका सदस्य तथा पुर्व शिक्षा मन्त्री महेश प्रसाद यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ, राजबिराज नगरपालिका वडा १६ का वडा अध्यक्ष रामएकवाल यादब, क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष इन्जिनियर ईन्द्र नारायण देव, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब लगायतले बिजेता तथा उप बिजेता टिमका खेलाडीलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रम संचालन क्रिकेट बिकास प्रतिष्ठानका सचिव भाेगेन्द्र चाैधरीले गरेका थिए।
प्रतियाेगितामा बिजेता खडक वारियर्स ले २१ हजार र उपबिजेता रूपनीले ११ हजार नगद प्राप्त गरेका छन्।
समापन समारोहका प्रमुख अतिथि मधेश प्रदेश सरकारका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य महेश प्रसाद यादबले सप्तरीकाे क्रिकेट बिकास सँगै खेलमैदानकाे निर्माण गर्न प्रदेश सरकार प्रतिबध्द रहेकाे प्रतिबद्धता व्यक्त गरे। उनले प वि मा बि खेलमैदानलाई राष्ट्रिय स्तरकाे मैदान बनाउन मास्टर प्लान बनाएर दिन सप्तरी क्रिकेट सँघलाई आग्रह गरे । पूर्वमन्त्री यादवले खेलमैदानलाई ब्यवस्थित बनाई राष्ट्रिय स्तरका प्रतियाेगिताहरू गराउन यस बर्ष पनि बजेट निकासा गरेकाे खुलासा गरे।सप्तरीकाे क्रिकेट बिकास सँगै खेलमैदानकाे निर्माण गर्न प्रदेश सरकार प्रतिबध्द रहेकाे प्रतिबद्धता व्यक्त गरे। उनले प वि मा बि खेलमैदानलाई राष्ट्रिय स्तरकाे मैदान बनाउन मास्टर प्लान बनाएर दिन सप्तरी क्रिकेट सँघलाई आग्रह गरे । पूर्वमन्त्री यादवले खेलमैदानलाई ब्यवस्थित बनाई राष्ट्रिय स्तरका प्रतियाेगिताहरू गराउन यस बर्ष पनि बजेट निकासा गरेकाे खुलासा गरे।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी