• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रदीप नेपालको निधन र अन्त्येष्टि आजै हुने

img

न्युज 1नेपाल संवाददाता
बैसाख २३ गते, काठमाडौँ।
वामपन्थी नेता प्रदीप नेपालको अन्त्येष्टि आजै हुने भएको छ । पारिवारिक स्रोतको अनुसार नेपालको अन्त्येष्टि पशुपति क्षेत्रको आर्यघाट स्थित आजै हुने बताइएको हो। नेपाल केही दिनदेखि रोगग्रस्त हुँदा उपचारको क्रममा थिए।उपचारका क्रममा मंगलबार दिउँसो नेपालको निधन भएको थियो । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबाट उनको शव पशुपति आर्यघाट लगिइसकेको जानकारी प्राप्त भएको छ । पारिवारिक स्रोतका अनुसार विद्युतीय शवदाहगृहमा उनको अन्त्येष्टि हुनेछ ।नेपाल केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए । पछिल्लो समय पार्किन्सन्ससँगै निमोनिया पनि देखिएको थियो ।नेपाल नेकपा एमालेको शीर्ष्थ नेताको रूपमा स्थापित थियो। उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यस्तै २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । यद्यपि लगभग एक वर्षदेखि उनी राजनीतिमा निष्क्रिय थिए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी