• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

भारत र पाकिस्तान बीचको तनाव युद्धमा परिणत

img

नयाँदिल्ली —भारत र पाकिस्तान बीचको तनाव युद्धमा परिणत भइसकेको छ। सिमाना क्षेत्रमा पाकिस्तान तर्फबाट भारतमाथि र भारत तर्फबाट पनि पाकिस्तान माथि गोलाबारीहरु भइरहेको छ।
पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जनाएको छ ।
भारतीय रक्षा मन्त्रालयले भारतीय सेनाले पाकिस्तानका ‘धेरै स्थान’ मा रहेका हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरेको जनाएको छ । ‘लाहोरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारिएको विश्वसनीय रूपमा थाहा भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
तर भारतले हवाई प्रतिरक्षा प्रणालीलाई कसरी लक्षित गरेको छ भन्ने बारेमा थप विवरण भने दिएको छैन ।बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले बुधबार राति पनि पाकिस्तानमाथि आक्रमण जारी राखेको थियो । पाकिस्तानले बुधबार रातिदेखि २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। उक्त अवधिमा पाकिस्तानले पनि केही क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको भारतको भनाइ छ ।यता पाकिस्तानले पनि भारतको विभिन्न ठाउँहरूमा ड्रोन आक्रमण गरेका छन्। जसको मलवाहरु (अवशेषहरू) भारतीय सेनाले प्रमाणको रुपमा राखिएको भारतीय समाचार एजेन्सीहरूले जनाएको छ।यता पाकिस्तानले पनि भारतको विभिन्न ठाउँहरूमा ड्रोन आक्रमण गरेका छन्। जसको मलवाहरु (अवशेषहरू) भारतीय सेनाले प्रमाणको रुपमा राखिएको भारतीय समाचार एजेन्सीहरूले जनाएको छ।

उता पाकिस्तान प्रशासित क्षेत्र पीओकेमा भारतीयहरले पाकिस्तान -मुर्दाबाद, हिन्दुस्तान – जिन्दाबादका नारा लगाइरहेका छन्।

भारतले पाकिस्तानी भूभागमा लक्षित गरी सुरु गरेको ‘अपरेसन सिन्दूर’ जारी रहेको जनाएको छ । बिहीबार दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो । बैठकपछि केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूले सर्वदलीय बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ‘अपरेसन सिन्दूर’ का बारेमा जानकारी दिएको बताए ।उनले इन्डिया गठबन्धनका साथै सबै विपक्षी दलले एकश्वरमा सरकारलाई साथ दिएको बताए । उनले भने, ‘हामीले सरकारलाई अगाडि बढ, हामी पूरा सहयोग गर्छौं भनेका छौँ ।उनले इन्डिया गठबन्धनका साथै सबै विपक्षी दलले एकश्वरमा सरकारलाई साथ दिएको बताए । उनले भने, ‘हामीले सरकारलाई अगाडि बढ, हामी पूरा सहयोग गर्छौं भनेका छौँ । हामी भारतीय सेनाको साथमा छौँ ।’

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी