• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

ढिकुलीमा धर्मी हल्फा महिला विकास क्लबद्वारा अग्नि पीडितलाई राहत वितरण

img

न्युज1नेपाल संवाददाता
बैशाख २५ गते , सप्तरी।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीद्वारा महादेवा सप्तरीको गाउँपालिका ६ ढिकुलीका दुई अग्नीपीडित परिवारलाई राहत वितरण गरेको छ ।
आगलागीबाट सर्वस्व गुमाई बिच्चलीमा रहेका सीता देवी राम र डम्बर रामको परिवारलाई क्लबद्वारा खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडा सहयोग वापत वितरण गरेको हो।
संस्थाको तर्फबाट संस्थाका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले सहयोग स्वरूप जनही खाद्यान्न,थाल, गिलास, कराही, डेकची,पन्यौ, बाल्टिन, मग, म्याट्रेस ,धोती, साड़ी लगायतका सामाग्रीहरु प्रदान गरे ।
राहत वितरण गर्दै समाजसेवी इन्जिनियर यादवले आगलागीमा परि सर्वस्व गुमाएका पीडित परिवारलाई सानोसहयोग गरेको बताए । उनले प्राकृतिक विपदमा परेका परिवारलाई सहयोगका लागि स्थानीयबासी तथा सरोकारवाला राज्यका निकायहरूलाई आग्रह गरे ।
राहत वितरण कार्यक्रममा नन्दकिशोर राम,भुटाई राम,छेदनी राम,जागेशर राम लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
मिति २०८२ बैशाख २२ गते आगलागी उक्त दुवै दलित परिवारको हुँदा ५ लाख भन्दा बढ़ीको क्षति भएको पीडित परिवारले जनाएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी