• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीको कोशी ब्यारेजमा बेबारिसे सब फेला

img

न्युज 1नेपाल संवाददाता
वैशाख २६ गते, सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ कोशी ब्यारेज स्थित कोशी नदीमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार कोशी ब्यारेज पुल देखी ३ सय मिटर दक्षिण साईड नदीको किनारमा नामथर वतन नखुलेको अन्दाजी वर्ष ४२ को तराई मुलको जस्तो देखिने पुरुष मानिस पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेको हो ।
नाम थर नखुलेको तराई मुलको जस्तो देखिने पुरुष मानिस पानीमा घोप्टो परी मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गोबिन्द घिसिङ्को नेतृत्वमा गएको प्रहरी टोलिले घटना स्थल सुरक्षित राखी ईलाका प्रहरी कार्यालय कंचनपुर बाट प्रहरी निरीक्षक सहितको टोलि खटी शव लाई पानीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हालसम्म मृतकको नामथर वतन खुल्न सकेको छैन ।
मृतकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको तथा घटना सम्बन्धि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी