• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

मणिपुरमा भारतीय सेना र उग्रवादी समूह बीच भिडन्त हुँदा १० जना उग्रवादी मारिए

img

न्युज 1नेपाल
काठमाडौँ —बुधबार राति भारतीय सेना र उग्रवादी बीच भिडन्त हुँदा मणिपुरको चन्देल जिल्लामा भारतीय सेना असम राइफलको एक टोलीले १० जना उग्रवादीहरूलाई मारिएका छन् ।
भारतीय सेनाको पूर्वफ कमानले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गरी घटना सार्वजनिक गरेका हुन्।
पोस्टमा लेख्दै भनेको छ, ‘भारत–म्यानमार सीमाको चन्देल जिल्लामा न्यू समताल गाउँनजिक सशस्त्र उग्रवादीको आवातजावतलाई लिएर पाइएको गुप्त जानकारीअनुसार कारबाही गर्दा असम राइफलस्स युनिटले १४ मे मा एक अभियान सुरु गर्‍यो ।’जस अभियानका क्रममा बुधबार राति संदिग्ध उग्रवादीले सेनामाथि गोलाबारी गरेको र जवाफी कारबाहीमा १० उग्रवादी मारिएको पूर्वी कमानले बताएको छ । उक्त अभियानमा भारी मात्रामा हतियार र गोलाबारुद बरामद गरिएको पनि गरिएको उल्लेख छ । भारतीय सेनाको अभियान अझै जारी रहेको बताएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी