• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मदन आश्रित ३२औं स्मृति दिवसको अवसरमा नेकपा एमाले सप्तरीद्वारा विभिन्न कार्यक्रमहरू

img

भूपदेव माली
जेष्ठ ०३ गते, सप्तरी।
सप्तरीमा नेकपा एमालेले ३२ औँ मदन–आश्रित स्मृति दिवसको अबसरमा विभिन्न कार्यक्रमहरू गरेका छन्।
नेकपा (एमाले) सप्तरीले मदन–आश्रित स्मृति दिवसको अवसरमा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण तथा जिल्ला समन्वय समितिको सभाहलमा कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको वैचारिक योगदान विचार गोष्ठी कार्यक्रम गरेर स्मृति दिवस मनाएका हुन्।                                रक्तदानमा सहभागीहरु ।
नेकपा (एमाले) जनसगठन समन्वय समीती सप्तरीको आयोजनामा मदन–आश्रितको योगदानको स्मरण गर्दै एमालेका पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल , नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष सुरेश सिंह लगायतका नेता कार्यकर्ताहरुले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्दै स्मृति दिवस मनाइएको नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिए ।यसैगरी मदन–आश्रित स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको समेत गरेका छन्।
कार्यक्रममा सहभागीहरूले जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आजको आवश्यकता रहेको बताए । मदनको मार्गमा हिँडेमात्र मुलुकको हित हुने कार्यक्रममा सहभागीहरूको भनाइ रहेको थियो ।
मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव सेवाका कार्यहरूमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
एमाले पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले यस प्रकारका कार्यक्रममार्फत जनताको पीडामा साथ दिँदै समाजमा मानवीयता र सहानुभूतिको सन्देश प्रवाह गर्नु वर्तमान नेतृत्वको प्रतिबद्धता हो भन्ने स्पष्ट सन्देश जनसमक्ष पुर्‍याइएको बताए । उनले मदन भण्डारी कम्युनिस्ट आन्दोलनको नेता मात्र नभई संसारलाई कम्युनिस्ट आन्दोलन को सन्दर्भमा नयाँ आयाम थपिएको बताए।
कार्यक्रममा नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीसहित जिल्ला कमिटीका सदस्यहरु लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी