• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा मदन- आश्रित स्मृति सामुदायिक भवनको शिलान्यास

img

भूपदेव माली
जेठ ०३ गते, सप्तरी।
सप्तरीमा मदन आश्रित सामुदायिक भवनको सिलन्यास गरिएको छ।
नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल एवं गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले शनिबार संयुक्त रूपमा शिलान्यास गरिएका हुन्।
सप्तरीको राजविराज स्थित मदननगरमा रु ३५ लाखको लागतमा बन्ने मदन आश्रित सामुदायिक भवन १६/१८ मिटरको क्षेत्रमा बनिने भएको छ।
३२औं मदन आश्रित स्मृति दिवसको अवसरमा गरिएको भवनको सिलन्यासका बजेट मधेश प्रदेश सरकारको पूर्वाधार मन्त्रालयबाट प्राप्त भएको बताइएको छ।नेकपा एमाले जिल्ला कार्यालय प्राङ्गणमा बन्ने सो भवन आकर्षक शैलीमा निर्माण गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सरिता गिरी यादव , जिल्ला अध्यक्ष ताराकान्त चौधरी, जिल्ला सचिव देवनाथ यादव , लगायत नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी