भूपदेव माली
जेष्ठ ०३ गते, सप्तरी।
नेकपा एमाले दशौ सप्तरी जिल्ला अधिवेशनमा नवनिर्वाचित जिल्ला कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएको छ।
एमालेका नवनिर्वाचित जिल्ला अध्यक्ष ताराकान्त चौधरी द्वारा ११६ जना जिल्ला सदस्यहरूलाई सपथ पत्रद्वारा सपथ ग्रहण गरिएका हुन्।सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न शपथ ग्रहण कार्यक्रमका अध्यक्षता नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी एवम प्रमुख अतिथिको रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल रहेका थिए।कार्यक्रममा ११६ सदस्य पदाधिकारीहरूलाई कमिटीको प्रमाणपत्र सहित वितरण गर्दै अविर लगाएर सम्मान गरिएको थियो।सम्पन्न कार्यक्रम नेकपा एमालेको जिल्ला कमिटीको प्रथम बैठक पनि भएको हुनाले जिल्ला कमिटीका मनोनित सदस्यहरूको बारेमा, सल्लाहकार समितिको बारेमा र आगामी बैठकको बारेमा समेत प्रस्ताव ल्याइएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्य सरितागिरी यादव, साइलेन्द्र चन्द्र झा लगायतकाले नवनिर्वाचित सदस्यहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए भने जिल्ला कमिटीका उपाध्यक्ष जयप्रकाश ठाकुरले स्वागत मन्तव्य राखेका थिए।