• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीका एक सम्पादक प्रकाशकलाई कुटपिट तथा लुटपिट

img

न्युज 1नेपाल संवाददाता
जेष्ठ ०४ गते, सप्तरी।

सप्तरीका एक दैनिक पत्रीकाका प्रकाशक सम्पादकमाथि निर्घात कुटपिट तथा लुटपाट भएको छ । स्थानीय घराअंगन दैनिक प्रकाशक सम्पादक प्रकाश कुमार मण्डलमाथि आइतबार कुटपिट गरी गरगहना र मोबाईल लुटिएको हो ।

निर्माणाधीन पोखरीको रिटर्निङ्गवाल । फोटो : न्यूज 1नेपाल
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ मधेपुरा टोलमा प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालयको बजेटमा सञ्चालित सडक तथा पोखरी संरक्षण कार्यको समाचार संकलन गर्न गएको बेला आफुमाथि गालीगलौज, ज्यान मार्ने धम्की दिदै निर्घात कुटपिट गरी लुटपाट गरेको पीडित पत्रकारले बताएका छन् ।
उक्त निर्माण कार्यको प्रगति बारे बुझ्न गएको बेला निर्माण राजा प्रसाद सिंहका परिवारका सदस्य नवीन सिंह, नितेश कुमार सिंह (सुमन) लगायतले सामूहिक आक्रमण गरेको मण्डलको आरोप छ ।
‘म विकासको नाममा भइरहेको कामको वास्तविकता बुझ्न पुगेको थिएँ,” मण्डलले भने, “तर त्यसकै बदलामा मलाई अपमानित गरियो, हातपात गरियो, धम्की दिइयो, गहना, मोबाइल र चेकसमेत लुटियो।’
कुटपिटमा संलग्नहरुले एक तोला सुनको सिक्री, ओपो कम्पनीको १ थान मोबाइलसमेत लुटेर लगेको मण्डलले आरोप लगाए ।
उमाकान्त मण्डलको घरदेखि जण्डोल कुशाहसम्मको माटो ग्राभेल, ढलान तथा पोखरी रिटनिङ्ग वाल निर्माण कार्यमा कमसल गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको स्थानीयले गुनासो गरेपछि वास्तविकता बुझ्न जाँदा आफुमाथि अन्दाधुन्दा कुटपिट तथा लुटपाट गर्न थालिएको पीडित मण्डलले बताए ।
घटनाका प्रत्यक्षदर्शी स्थानीय अवकाशप्राप्त शिक्षक श्यामनारायण साहुले घटनाको निन्दा गर्दै दुख व्यक्त गरेको छ ।
‘पत्रकार समाचार संकलनका लागि आएको थियो, त्यसमा हमला हुनु अत्यन्त निन्दनीय छ’ उनले भने,’पत्रकारलाई चुप गराउने हो भने भष्टाचार मौलाउने खतरा बढ्छ।’
घाँटी तथा शरीर विभिन्न भागमा चोट लागेको मण्डलको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रकाशक सम्पादक मण्डलले घटनापछि प्रहरीमा लिखित उजुरी समेत दिएका छन् ।
पोखरीका धनी नितेश सिंहले मण्डलमाथि कुनै लुटपाट तथा कुटपिट नगरिएको बताए । मण्डलले आफुहरुमाथि लगाएको गहना तथा मोबाइलसहितका सामान लुटपाटको आरोप निरधार रहेको जिकिर गरे । अर्का जग्गाधनी नवीन सिंहले घटना बारे आफुलाई थाह नभएको बताउँदै कुटपिटमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी