न्युज 1नेपाल संवाददाता
जेष्ठ १२ गते, सप्तरी।सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकामा कर्मचारीहरूको कामकाज भद्रगोल अवस्थामा छन्। कार्यालयमा कामकाज गर्ने कर्मचारीहरूको समयतालिका विपरीत अनुपस्थितीका कारण कार्यालयको कामकाज भद्रगोल भएको हो।
https://youtu.be/tt1GZwXBiog?si=JV_WBd76RiTlf1Zw
स्थानीय मनिष यादवले सोमबार दिउँसो २ बजे सेवा लिन जाँदा अध्यक्ष उमेश यादव उपाध्यक्ष रेणु यादव तथा अन्य कर्मचारी कार्यालय बन्द गरेर अनुपस्थित भएको देखेर जनताको दैनिकी कामकाजमा लापरवाहीले गर्दा सास्ती भोग्नु परेको दुखेसो पोख्दै पालिकाका जनताहरू निरन्तर समस्यामा अल्झेर नै बस्नुपर्ने दिनचर्या बनेको बताए। उनले जनताले तिरेको करबाट तलब-भत्ता पाउने कर्मचारीहरू सेवाबाट वञ्चित हुनु अन्यायपूर्ण भएको गुनासो गर्दै उनले यो समस्या एक दिनको मात्र नभई निरन्तरदोहोरिएको आरोप समेत लगाए। अध्यक्ष उमेश यादवले आफ्ना नातेदार तथा चिनजानका व्यक्तिहरूलाई नियुक्त गरेर पालिकालाई मनमानी ढंगले संचालन गरिरहेको आरोपसमेत लगाए।
स्थानीय बासिन्दाहरूका अनुसार, गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूको अनियमित उपस्थितीका कारण नागरिक सेवाहरू प्रभावित भएका छन्। जन्मदर्ता, विवाहदर्ता, जग्गा प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता लगायतका सेवाहरू लिन आउने नागरिकहरू घण्टौंसम्म प्रतीक्षा गर्न बाध्य भएका छन्। कतिपय अवस्थामा सेवा नै नपाएर फर्किनु परेको गुनासो स्थानीयहरूले गरेका छन्।
विष्णुपुर गाउँपालिकाको वेबसाइटमा उल्लेख गरिएको सूचना अधिकारी राम लखन महेता सँग सम्पर्क गर्दा उनले आफू सूचना अधिकारी नभएकाे र यस पालिकाबाट अवकाश लिएको प्रतिकृया एक पत्रकारलाई दिए।