न्युज 1नेपाल
जेठ१२ गते , सप्तरी। मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीमा चार वटा योजनाहरुको शिलान्यास तथा दुई वटा योजनाको निरीक्षण गरेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिकामा दुईवटा र कञ्चनपुर नगरपालिकामा दुईवटा गरी चारवटा योजनाहरूको शिलान्यास गरेका हून्।
सोमबार मन्त्री लेखीले सप्तकोशी नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको शिव मन्दिर एवम् गूठी प्राङ्गणमा मधेस सरकारको ५० लाख रुपैयाँको कुल बजेटमा निर्माण हुन लागेको अतिथि भवन र सोही ठाउँमा ५० लाख रुपैयाँकै लागतमा वाउण्ड्रीबाल) पर्खाल निर्माण कार्यको शिलान्यास गरेको छ।यसैगरी मन्त्री लेखीले सप्तकोशी नगरपालिकाको
वडा नम्बर ११ मलेठ पश्चिम टोलमा मधेस प्रदेश सरकारको रु.२५ लाखको लागतमा निर्माण हुने धर्मशाला भवनको समेत शिलान्यास गरे । लगत्तै मन्त्री लेखीले कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमरामा सामुदायिक धर्मशालाको भवनको शिलान्यास गरे ।
उनले कञ्चनरुप नगरपालिकाकै वडा नम्बर ७ स्थित रहेको भृकुटी मावि.मा निर्माणाधीन नयाँ भवन र कक्षा कोठाको समेत निरीक्षण गरे । त्यस पश्चात मन्त्री लेखीले नजिकै रहेको बान्द्रा खोलाको समेत निरीक्षण,अवलोकन गरे ।
शिलान्यास एवं निरीक्षणको क्रममा मन्त्री लेखी संगै नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटा,सप्तकोशी नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष केदार प्रसाद साह,वडा नम्बर २ का अध्यक्ष जाहेर हुसेन,वडा नम्बर ११ का वडा अध्यक्ष डोलेश्वर खडगा र कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सदानन्द चौधरी, एमाले स्थानीय नेता तनुकलाल शर्मा लगायतका सहभागिता रहेको थियो।