न्युज 1नेपाल
१३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोज कुमार सिंहको ग्याजेट (विद्युतीय उपकरण) र उनका स्वकीय सचिव विनोद कुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग आयोगले नियन्त्रणमा लिएका छन् ।
अख्तियारले सोमबार दिउँसो सांसद सिंहको घरमा छापा हानेर उक्त सामग्रीहरू र स्वकीय सचिवलाई नियन्त्रणमा लिएका हुन्।
सिंह जनता समाजवादी पार्टी नेपालका (जसपाका) सांसद हुन्।
सिंहको घरमा छापा हानिएको क्रममा उनले प्रयोग गरिरहेको विद्युतीय उपकरण र उनका स्वकीय सचिव कायस्थलाई नियन्त्रणमा लिएको जनाएका छन् ।
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिको खातामा भुक्तानी भएको रकम स्वकीय सचिव कायस्थ मार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको अख्तियारको आरोप छ । त्यही उजुरीको अनुसन्धानको सिलसिलामा स्वकीय सचिव र उपकरणलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।