न्युज 1नेपाल
काठमाडौँ — राजावादीहरूको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले व्यवहार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एक ठाउँमा उभिनु आवश्यक भएको बताएका छन् ।
विज्ञप्तिमा उनले संयुक्त जनआन्दोलन समितिले सबै विचार र संस्था अट्ने, कसैप्रति निषेध र दूरभाव नहुने गरी नवीन समझदारीको प्रस्तावना गरेको उल्लेख गरेका छन् ।
भावी सन्ततिका लागि कस्तो नेपाल छाडेर जाने भन्ने विषयलाई महत्त्वपूर्ण मान्दै विज्ञप्तिमा वर्तमान परिस्थितिमा दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्न आह्वान गरिएको छ ।
जारी विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसमेतका राजनैतिक दललाई सबल र समुन्नत राष्ट्र तथा सार्थक प्रजातन्त्रको पक्षमा एकजुट भएर उभिन अनुरोध समेत गरिएको छ ।