• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा एमालेद्वारा भेषभुषा सहितका सांस्कृतिक र्याली।

img

न्युज 1नेपाल
जेष्ठ १५ गते, काठमाडौँ —गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा नेकपा एमालेद्वारा झाँकी र्‍याली निकालिएका छन्।
एमालेले गणतन्त्र दिवसको सम्झना दिन नेपालमा रहेका विभिन्न जातजातिका भेषभुषा सहितका झाँकी र्‍याली निकालेपछि कोणसभामा सम्पन्न गरेका हुन्।
काेण सभामा एमाले महासचिव शंकर पोखरेलले जनताको बलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रुपमा रहेको बताए । उनले सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छित गतिविधि भइरहेको बताए । कतिपय मानिसले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै उनले थपे, ‘पञ्चायतको अन्तिम समयमा धनी र गरिबबीचको खाडल २१ गुणा थियो तर आज त्यो खाडल घटेर ६ गुणामा सीमित भएको छ ।’
भेषभूषा, सांस्कृतिक झाँकीसहितको र्‍यालीमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी