• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

पूर्व पत्रकार एवं साहित्यकार विजय चालिसेको निधन

img

न्युज 1नेपाल
जेष्ठ १६ गते,काठमाडौँ —पूर्व पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ ।
७३ वर्ष नाघेका चालिसेको शुक्रबार बिहान ०९:३० बजेको समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं–९ निवासी चालिसेको अहिले सोही स्थानमाको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिने जनाइएको छ ।
२००८ साल असार २२ गते जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे कुनैबेला गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष    तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक समेत रहिआएका थिए ।चालिसेले पत्रकारिता मात्रै नभएर एक कुशल लेखक समेत थिए। उनले आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् ।
केही समयअघि मात्रै उनको ‘युगसन्धि’ नामक उपन्यास बजारमा आएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन्

img

Share:
img

ताजा अपडेट

क्याटोगरी