भूपदेव माली
जेष्ठ २७ गते, सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ कोशी ब्यारेजमा गएराती आगलागि हुँदा लाखौंको धनजनको क्षति भएको छ।
कोशी ब्यारेजको पश्चिमटोल नहर छेउमा भएको बस्ती अन्तर्गत स्थानीय घुरन मुखियाको घरमा सोमबार राति लगभग ०१:०० बजेको समयमा भएको आगलागीमा दुई थान खसी , बाख्रा र पाठा गरी पाँच स्थान गरि जम्मा ७ थान बाख्राहरु एवं अन्य सरसामानहरु डहेर नष्ट भएको हुँदा छेति भएको हो।
स्थानीय छरछिमेकको सहयोगबाट आगोलाई नियन्त्रणमा लिएपनि एक थान गाईको बाछो डहेर सिकिस् भयो भने घर पूर्ण रूपले डहेर नष्ट भएको स्थानीय पाउलाल मुखियाले जानकारी गराए