न्यूज 1नेपाल
जेठ २६ गते, काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अनायासै काठमाडौं जिल्ला अदालतको अनुगमन गरेका छन् ।
अदालतमा सेवाग्राहीहरूको असहजताको गुनासो आएपछि प्रधानन्यायाधीश राउतले न्यायपरिषद्का कर्मचारीहरुको साथमा जिल्ला अदालतमा पुगेर निरीक्षण -अनुगमन गर्दै अवस्थाको जानकारी लिएका हुन्।
न्याय स्रोतको अनुसार पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा विचौलियाको चलखेल बढेको अनि सेवाग्राहीहरु मर्कामा परेको भनी गुनासो बढेको जानकारी प्राप्त भएको हुँदा अनायासै अनुगमन गरिएको जनाइएको छ।। त्यही आधारमा प्रधानन्यायाधीश राउत काठमाडौं जिल्ला अदालत पुगेर सेवाग्राहीहरूसँग समेत कुराकानी गरेका थिए।
न्यायालयमा हुने विकृती एवं विसंगतिको उजुरीमाथि न्यायपरिषद्ले छानबिन गर्छ।