• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजबिराज नपा. कार्यालयमा प्रमुख प्रशासिक रूपमा भोगेन्द्र यादव हाजिर

img

भूपदेव माली
जेठ २७ गते, सप्तरी।
धेरै नै वादविवादको बीच राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भोगेन्द्र प्रसाद यादव हाजिर भएका छन् । निलम्बित मेयर भीमराज यादव र कार्यवाहक मेयर इसरत प्रविन बीच उत्पन्न विवाद र अबरोधका वीच यादव मंगलबार राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् ।
उनलाई राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले टीका माला लगाएर भव्य स्वागत गरेका छन् ।
विशेष अदालतले भ्रष्टाचार ठहर गरि निलम्बित मेयर भिमराज यादवले कार्यबाहक मेयर परविनले भ्रष्टाचार गर्नकै लागि प्रमुख प्रशासकीय अधिकृत उप सचिब डा. श्रवण कुमार साहलाई सरुवा गरि शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख यादवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गराउन खोजेको भन्दै अबरोध सिर्जना गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादवलाई हाजिर गराउन पत्र पठाएपछि निलम्बित मेयर यादव समुहले आइतबार विरोध प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालीन धर्नामा बसेका थिए । नगरपालिकाले बल प्रयोग गरि यादव समुहले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराएका छन् । यादव हाजिर भएपनि निलम्बित मेयर समुहले पुनः तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण नगरपालिकाको सम्पुर्ण कामकाज प्रभावित भएका छन् भने सेवाग्राहीहरु मर्कामा परेका छन् । विवाद यथावते रहेको देखिन्छ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी