न्युज 1नेपाल
जेठ ३१ गते, काठमाडौं । निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र सञ्चालन गर्ने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तावित गरेको छ।
मन्त्रालयले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेस गरेको प्रस्तावमा राखिँदै भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन हुनेछ ।’सँगै मन्त्रालयले गरेको प्रस्तावमा यो ऐन प्रारम्भहुनुभन्दा अघि विद्यालयको स्थापना र सञ्चालन गर्न अनुमति प्राप्त गरेको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा नआएका विद्यालय यो ऐन जारी भएपछिको पहिलो शैक्षिक सत्रबाट सञ्चालन नभए त्यस्तो अनुमति स्वतः खारेज हुने अस्पष्ट गरिएको छ ।