न्युज 1नेपाल
३० जेठ, काठमाडौं । एयर इण्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त भएको शुक्रबार पनि भारतीय सुरक्षा अधिकारीहरुले खोजी कार्य जारी राखेका छन् ।
यस घटनामा दुर्घटनाग्रस्त विमानमा रहेका र जमिनमा रहेका गरी कम्तीमा २६५ जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये कतिपयको शव निकालिसकिएको छ, अझै कतिपयको अवशेष फेला परिरहेकै छ । विमानमा चालक दलका सदस्यसहित २४२ यात्रु थिए । उनीहरुमध्ये एक जना मात्र बाँच्न सफल भएका छन् ।विमान दुर्घटनाको अनुसन्धानका लागि तालिम प्राप्त अनुसन्धान अधिकारीहरुसमेत खटिएका छन् । बेलायतले समेत अनुसन्धानका लागि विज्ञको टोली पठाउने बिहीबार सार्वजनिक गरेको थियो ।
विमानमा २४२ जना यात्रीमध्ये जहाज दुर्घटनामा एक मात्र जीवित यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्नेमा यकिन नै नभएको बताएका छन् ।
अहमदाबादबाट लन्डनको ग्याट्विक विमानस्थलका लागि उडेको एयर इन्डियाको एआई-१७१ उडान नम्बरको बोइङ ७८७ जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । उक्त जहाजमा २४२ जना यात्रु थिए ।
बेलायती नागरिक विश्वास उक्त जहाजको सिट नम्बर ११ ‘ए’ मा बसेका थिए । अहमदाबादस्थित सिभिल अस्पतालमा उपचाररत विश्वासले डीडी न्युजसँग भनेका छन्, ‘मलाई अहिले पनि यकिन नै छैन कि म कसरी बाँचे । पहिले मलाई लाग्यो कि म मृत्युको नजिकै छु । मैले आँखा खोले, सिट बेल्ट खोलेर बाहिर निस्कने प्रयास गरेँ ।’
यसै बीच दुर्घटनाको वास्तविकता बुझ्नु शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् ।दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट विताएका उनलेभग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट त्यसबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।