• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

मोरङमा माछा मार्दा क्रेन्ट लागेर दम्पतिको मृत्यु

img

न्युज 1नेपाल
जेठ ३१ गते, विराटनगर । करेन्टको माध्यमबाट माछा मार्ने क्रममा मोरङका एक दम्पतीको मृत्यु भएको छ ।

सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको क्रेन्ट लागेर मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।


लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । प्रहरीका अनुसार करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

 

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी