• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

जेष्ठ नागरिकहरूलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री साह

img

न्यूज 1नेपाल संवाददाता

१ असार काठमाडौँ — , महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले जेष्ठ नागरिक हाम्रो मार्गदर्शक भएको हुनाले हामी सबैले सम्मान गर्नुपर्छ बताउनुभएको छ।
२० औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस को अवसरमा आयोजित शारीरिक विकास तथा भवन निर्माण विभाग बबर महलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री शाहले यसो भन्नुभएको हो।
जेष्ठ नागरिक विरुद्ध हुने दुर्व्यवहार अन्त्यका लागि तथ्यमा आधारित नीति र कार्य शीर्षक राखी आयोजना गरिएको सो कार्यक्रममा उनले जेष्ठ नागरिक हामीलाई सकारात्मक मार्गतिर डोर्‍याउने र कुकर्तव्यबाट जोगाउन प्रेरित गरिने गुरुको रूपमा रहेको हुनाले हामीले उहाँलाई उच्च स्थानमा राख्नुपर्ने बताउनुभयो।
निर्मला कार्कीले मंच सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ ले गर्नुभएको थियो भने प्रमुख अतिथिहरूमा राष्ट्रिय महिला आयोगका अध्यक्ष सुमित्रा कुमारी शर्मा, प्रशासन तथा योजना महाशाखा प्रमुख चक्रबहादुर बुढाज्यू, सचिव लक्ष्मीकुमार बस्नेत ज्यू लगायतका उपस्थिति रहेको थियो।

img

Share: