राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ ।कार्यक्रम कार्यान्वयन इकाइ चितवन प्रमुख प्रकाश नेपालको अनुसार यस अवसरमा समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवरपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको छ।
समितिको स्थापना भएयता सूर्यको विभिन्न स्थानहरुमा अनेकन प्रजातिका वृक्षारोपणहरू गर्दै आएको छ। सूर्यको विभिन्न स्थानहरूमा विभिन्न प्रजातिहरूका वृक्षारोपण भएको उल्लेख गरिएको छ। यो सँगै समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै रु १५ अर्ब खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०–८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ ।
समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८.९३ र भौतिक प्रगति ९१.८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा प्राप्त गर्ने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।
ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ ।
कमलो भूवनोट, जनसङ्ख्या बसाइसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले पछिल्लो समय चुरे विनास हुने क्रम बढ्दै गएको छ ।
समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै रु १५ अर्ब खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०–८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ ।
समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८.९३ र भौतिक प्रगति ९१.८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा प्राप्त गर्ने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।
ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको छ । चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ ।
कमलो भूवनोट, जनसङ्ख्या बसाइसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले पछिल्लो समय चुरे विनास हुने क्रम बढ्दै गएको छ ।समितिले जे जति गरे पनि चुरे संरक्षण समर्धनमा सार्थक कार्य भएको देखिँदैन। सूर्यको विभिन्न स्थानहरूमा खासगरी खोलाको छेउहरूमा दिनादुन उत्खनन भइरहेको छ। प्रतिदिन हजारौंको संख्यामा टिप्परहरूद्वारा ट्याक्टरहरूद्वारा ढुङ्गा, बालुवाहरू निकाल्ने क्रम यथावत नै रहेको छजसले गर्दा चुरे दिनप्रतिदिन विनाश हुने भएको छ। अत यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ।
।