• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सडक सफाई गर्ने अभियानको नाममा मेरो हजारौंको गिटी बालुवाहरू नालीमा पुरिएको: श्रीमती खड्गा

img

भूपदेव माली
असार ०४ गते, सप्तरी। सडक सफाई गर्ने अभियानको नाममा मेरो हजारौं रु बराबरको गिट्टी बालुवाहरू नालीमा पुरिएर क्षति पुर्‍याएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ बस्ने सन्जु देवी खड्काले गुनासो गरेकी छन्।
घर निर्माण कार्यका लागि सडकको छेउमा राखिएको गिट्टी बालुवाहरू मङ्गलबार वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्र मण्डलको निर्देशनमा जेसीपीद्वारा हटाएर नालीमा पुरिएको हुँदा सोको क्षति माग गर्दै गुनासो गरेकी हुन्।
उनले सडकमा अन्यत्र ठाउँहरूमा गिट्टी बालुवा तथा अन्य सामग्रीहरू थुपारेर राखेको हुँदा कसैको नि नहटाएर मेरो मात्र हटाएर क्षति पुर्‍याएको वडा अध्यक्ष सुरेन्द्र मण्डलको म प्रतिको नियत खराब भएको गुनासो गरे।
म घरमा नभएको बेलामा एक्कासी जेसबी लाएर मेरो हजारौंको क्षति पुर्याएको वडा अध्यक्षले सोको क्षति बेहोर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय भारदमा निवेदन दिने बताएकी छन्।

‘मेरो सामानहरू क्षति नपुर्‍याइदिनुस् मेरो बाउआमा घरमा हुनुहुन्न भन्दाभन्दै पनि वडा अध्यक्षले जबरजस्ती मेरो गिट्टी बालुवाहरुलाई नालीमा पुरिएर मेरो अन्य साग सब्जीहरुलाई पनि क्षति पुर्‍याएको’ सन्जुदेवीका छोरा आशिष खड्काले गुनासो व्यक्त गरे। उनले ‘मेरो बावुआमालाई सूचना नै नदिइकन उहाँहरूको अनुपस्थितिमा यसरी छत्ति पुर्‍याएको हुँदा हामी न्यायालयसम्म जाने, दाबी गरे।
बुधबार बिहान स्थानीय भरभलादमी तथा इलाका प्रहरी कार्यालयका प्रमुख प्रनानी गोविन्द घिसिङ एवं पत्रकारहरूलाई देखाउँथे गुनासो व्यक्त गरेका छन्।

यता वडाध्यक्ष सुरेन्द्र मण्डलले ‘बाटो खाली गराउने ७ दिने सूचना टाँस गरिएको थियो र ७ दिन भन्दा पनि १४ दिन बितिसक्दा पनि अटेर गरि बाटो बाटो खाली नगरेपछि हामीले जेसिपी द्वारा खाली गर्न बाध्य हुनुपरेको’ प्रतिकृया दिए।उनले ‘बाटो खाली गर्न हामीले अभियान चलाएका थियौं, सोहीअनुरूप हामीले कार्य गरेको ‘ बताए।उनले ‘बाटो खाली गर्न हामीले अभियान चलाएका थियौं, सोहीअनुरूप हामीले कार्य गरेको ‘ बताए।https://youtu.be/eNSVoqqmIC0

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी