• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदह – पकरी सडक खण्ड निर्माण कार्य सुचारु गर्न प्रजीअलाई ज्ञापनपत्र

img

भूपदेव माली
असार ०४ गते, सप्तरी। सप्तरीको पूर्वी भेगमा पर्ने मध्यमार्ग भारदह–भाया अरजी,डाढा (मिलन चौक) –पकरी सडकखण्ड निर्माण कार्य अलपत्र रहेकोले सोको निर्माणको माग गर्दै स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
लामो समयदेखि सडक निर्माण कार्य अलपत्र छाडिंदा आवतजावत गर्न समस्या परेको भन्दै स्थानीयवासीले बुधबार प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
जसपा नेपालका नेता एवं समाजसेवी विकाश कुमार तिवारीको नेतृत्वमा तिलेश्वर मण्डल , मनोज कुमार यादव, रामदेव यादव, राजकिशोर साह, सुर्यनरायण साह लगायतका सो उपयोग गर्ने स्थानीयबासीले प्रजिअ दहाललाई ज्ञापनपत्र बुझाउँदै अधुरो सडक निर्माणमा पहल गरिदिन आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ दहालले स्थानीयले राखेको सडक निर्माण सम्बन्धि माग जायज रहेको भन्दै सडक निर्माणकार्य सुचारु गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । राजविराज–कञ्चनपुर हुलाकी सडकसँग जोडिने यो सडक राजविराज हुँदै मधेश प्रदेशका लागि महत्त्वपूर्ण आवागमन मार्ग हो। तर, वर्षौंदेखि निर्माण कार्य अलपत्र छाडिँदा बर्षायाममा सडक पूर्णरूपमा बन्द हुने अवस्था आउने गरेको स्थानीयको गुनासो छ।
सडक निर्माणको ठेक्का “एम/एस शाह/दिवा जेभी, सातदोबाटो ललितपुर” नामक कम्पनीले पाएको र सम्झौताअनुसार २०७९ सालमै निर्माण कार्य सकिनुपर्ने भए पनि अहिलेसम्म पनि काम सम्पन्न नहुँदा जनजिवन प्रभावित भएको मात्र नभई वर्षायाममा सवारी साधन समेत गुड्न समस्या हुने नेता तिवारीले बताए ।
ज्ञापनपत्रमा राजविराज–कञ्चनपुर हुलाकी सडक खण्ड अन्तर्गत कृष्णासवरण गाउँपालिका–४;को बलौनीस्थित खोलामा पुल निर्माण कार्य पनि अधुरो अवस्थामा रहेकाले सो खण्डमा समेत सवारी आवागमनमा समस्या भएको उल्लेख गरिएको छ। उक्त सडक बनिसके पश्चात भारदहदेखि राजविराज जानको लागि सहज हुने नेता तिवारीले बताए।
पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता भएपछि राजविराजका पत्रकार, समाजसेवी र स्थानीय अगुवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्य सम्पन्न गर्न माग गरिएको स्थानीय तिलेश्वर मण्डलले बताए ।
ज्ञापनपत्रमा शान्तिपूर्ण दवावबाट समस्या समाधान नगरे सडक संघर्ष सहितको सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी