अभूपदेव माली
सार ०४ गते, सप्तरी।सप्तरीको शम्भुनाथ न.पा.१ गोविन्द चोक स्थित ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु र मोटरसाइकल पछाडि सवार व्यक्ति घाइते भएका छन्।
मङ्गलबार रुपनीबाट शम्भुनाथ तर्फ जादै गरेको स १ त ४९७२ नं. को ट्रयाक्टरले विपरीत दिशाबाट आउदै गरेको प्र२-०१-००१ प ३१३५ नं. को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु र मोटरसाइकल पछाडि सवार व्यक्ति सिकिस्त भएका हुन् ।
मोटरसाईकल चालक जिल्ला सप्तरी रुपनी गा.पा.१ रुपनी बजार बस्ने मो. गुलजार मिँयाको छोरा अं.वर्ष २५ को मो.आजद मिँया दुर्घटनापछि सिकिस्त भएको हुँदा तत्काल गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस्तै मोटरसाईकलमा पछाडि सवार ऐ.ऐ. बस्ने बसिर मिँयाको छोरा अं.बर्ष १८ को समिर मिँयाको हात खुट्टा र टाउकोमा चोट लागि घाईते भई उपचारको लागि युनिक अस्पताल रुपनी लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपामा उपचार भईरहेको जनाइएको छ र ट्रयाक्टर चालक जिल्ला सप्तरी शम्भुनाथ न.पा.१ बस्ने बर्ष-२७ को कैलास कुमार यादव जि.प्र.का.सप्तरीको नियन्त्रणमा रहेको र ट्रयाक्टर एवं मोटरसाइकल इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको छ। दुर्घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाइएको छ।