भुपदेव माली
असार ५ गते ,सप्तरी।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा “स्थानीय स्वामित्व रसहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” नारा सहितको पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सम्पन्न भएको छ।
पुर्ण खोप निर्देशिका २०७१ ( तेश्रो संस्करण २०७७) बमोजिम संपूर्ण प्रकृयाहरु पुरा गरि १६ देखि १९ महिनासम्मको सबै बालबालिकाहरूले १५ महिनाको उमेर भित्र पूर्ण खोप पाएको हुँदा यस नगरपालिकामा पूर्ण खोपको अवस्था भविष्यमा पनि कायमै राख्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका द्वारा आयोजित कार्यक्रममा अध्यक्षता नगर प्रमुख एवं खोप समन्वय समितिको अध्यक्ष बीरेन्द्र माझी, प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, विशिष्ट अतिथी उपमेयर सरिता देवी यादव सिपलिया, अतिथि नगर स्वास्थ्य शाखा अधिकृत बीरेन्द्र यादव, रामदेव यादव, प्रमोद माझी, राजेश्वर राय,who का प्रतिनिधि सरला न्युपाने, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झा,विभिन्न वडाका वडाध्यक्ष, नगरका प्रत्येक वडाका स्वास्थ्य स्वयंसेविकाहरु, विभिन्न स्वास्थ्य केन्द्र का स्वास्थ्यकर्मी,पत्रकार कमल मण्डल, पत्रकार भूपदेव माली लगायतका उपस्थिति रहेको थियो।
यस्तै कार्यक्रममा तिलेसरी देवी चमार सहित ४ जना स्वयंसेविकको उमेर ६० वर्ष पुगिसकेकोले अवकाश दिदै रु २५ हजारको चेक हस्तान्तरण गरेको थियो। यसरी नै वडानं १ देखि १४ सम्मका स्वास्थ्य प्रमुख,खोपकर्मीलाई प्रमाण – पत्र सहित सम्मानित गरिएको थियो।
नगरका वडानं ११ सखुवा स्थित सामुदायिक भवनमा सम्पन्न सो कार्यक्रमको मंच संचालन कमल मण्डलले गरेका थिए भने स्वागत मन्तब्य बीरेन्द्र यादवले गरेका थिए।
कार्यक्रममा उपमेयर सिपलियाले -‘हाम्रो नगर स्वास्थ्य सेवा क्षेत्रमा प्रारम्भ देखि प्रदेशमा प्रथम स्थानमा रहेको थियो,तर हाम्रो कमिकमजोरीले गर्दा दोश्रो स्थानमा आईपुगेको ‘ बताउनु भयो।
कार्यक्रममा नगर प्रमुख माझीले-‘प्रदेश स्तरमा हाम्रो नगरपालिकालाई पुन: पहिलो स्थानमा पुर्याउन यस नगरका सम्पुर्ण स्वास्थ्यकर्मीको भूमिकामा सुधार ल्याउन जरुरी भएको’ जिकिर गर्दै ‘यसका लागि नगरपालिका द्वारा प्रत्येक स्वयंसेविकालाई टर्च-बत्ति, शिविरका लागि त्रिपाल र आउंदो समयमा थप रकमको ब्यवस्था मिलाउने ‘ बताउनुभयो।उनले ‘नगर पालिकामा पहिला जस्तो प्रयाप्त बजेट नदिएर प्रत्येक आर्थिक वर्षमा बजेट कटौती गर्दै गर्नाले धेरैजसो क्षेत्रमा अपेक्षाकृत काम गर्न समस्या भैरहेको हुँदा यो कुरा सबैले थाहा पाउनुपर्छ’ बताए।
कार्यक्रममा स्वास्थ्यकर्मी उपेन्द्र यादव, उपेन्द्र साह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झा, वडाध्यक्ष साकिर खां लगायतकाले मन्तव्य राखेका थिए।