• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

इटरबा बजार स्थापनामा स्वर्गीय विजयकुमार सिंहको महत्त्वपूर्ण योगदान रहेको: पूर्व विधायक सदा

img

असार ०६ गते, सप्तरी।
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व विधायक असर्फी सदाले। ईटहर्वा बजार कलौनी सितापुर स्थापना गर्ने कार्यमा स्वर्गीय विजय कुमार सिंहको सक्रियता एवं योगदान रहेको नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व विधायक असर्फी सदाले बताएका छन् । इटहर्वा बजार व्यवस्थापन समितिद्वारा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं २ स्थित इटहर्वा बजारमा शुक्रबार आयोजित स्वर्गीय सिंहको दोश्रो स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व विधायक सदाले इटहरमा बजार स्थापना लाई अस्मरण गर्दा स्वर्गीय सिंहको पहिलो श्रे रहेको बताउँदै उनले स्वर्गीय सिंहले सामाज र देशका लागि अविस्मरणीय योगदान छोडेर जानुभएको चर्चा गरे । इटहर्वा बजार स्थापना तथा कृषि हाटबजार लगाउनु स्वर्गीय सिंहको कठिन प्रयासबाट सम्भव भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले गुम्न लागेको इटहर्वा बजारको अस्तित्वलाई संरक्षण गर्नसके मात्र स्वर्गीय सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने भएकोले यसका लागि एकजुट भएर अगाडि बढ्नमा जोड दीए।
उनले इटहर्वा बजारका लागि हक भोकमा रहेका चारदशक भन्दा बढी देखिको जग्गा हडप्न माफियाहरुले चलखेल गरिरहेकाले यसको संरक्षणका लागि आफुसधै अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज)मधेस प्रदेशका महासचिव बृजमान तामाङले देश र जनताका लागि समर्पित व्यक्तिलाई इतिहासले सधै स्मरण गरिरहने बताए । उनले ‘स्वर्गीय सिंहको विचार सामाजिक रुपान्तरणका लागि सधै उपयोगी रहेको’ स्मरण गराउंदै उनले ‘उहाँले देखाएको मार्गदर्शन र प्रेणालाई संरक्षण गर्न पनि स्मृति दिवसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
इटहर्वा बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वर्गीय सिंहका सुपुत्र अन्जनी कुमार सिंह, राम कुमार सिंह, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशकी उपाध्यक्ष चर्चित रंगकर्नी दिल कुमारी चौधरी, कलाकार गोपाल प्रसाद चौधरी,तत्कालीन सितापुर गाविसका पूर्व उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी,लक्ष्मी कुमारी यादव,भरत चौधरी,सुरुङ्गा नगरपालिकाका वडा सदस्य दिनेश चौधरी, स्थानीय गोविन्द चौधरी,राम कुमार चौधरी,प्रशन्न चौधरी,रमेश कुमार लेखी, राम कुमार चौधरीलगायतका उपस्थिति थियो ।
प्रविण कुमार चौधरीद्वारा मञ्च संचालित कार्यक्रममा स्वागत स्थानीय यूवा नेता विनोद कुमार चौधरी  राखेका थिए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी