डम्बर राइ
असार ५ गते राजबिराज। मधेश प्रदेशका माननिय सभामुख रामचन्द्र मण्डलले संविधानलाई देशकाे मेरूदण्डकाे संज्ञा दिएका छन्।सप्तरीकाे राजबिराज स्थित जिल्ला समन्वय समितिकाे सभाहलमा मधेश प्रदेश सभा सचिवालयद्वारा बिहिबार आयोजित जनता र जनप्रतिनिधीबीच सम्वादका लागि सभामुख जनतासंग कार्यक्रमलाई संवाेधन गर्दै उनले संविधान दह्राे भएन भने देशमा कुनैपनि काम गर्न नसकिने बताए ।
उनले भने आम नेपाली जनताका बिचार भावना समेटेर निर्माण गरेकाे संविधानमा उल्लेखित कानुनलाई हामी सबैले पालना गर्नु भनेकाे लाेेकतन्त्रलाई टिकाउनु हाे । लाेकतन्त्रमा जनताकाे कदर गरिन्छ । उनिहरूकाे बिचार, भावना, चाहानानुसार काम गरिन्छ सभामुख मण्डलले भने संविधान एउटा गाइडलाइन्स पनि हाे । आज मुलुकमा केन्द्रीय, प्रदेश र स्थानिय गरेर तीन तहकाे सरकार स्थापना भएकाे छ याे संविधानकै उपज हाे उनले बताए । संविधानमा तीनैतहका सरकारले गर्ने काम र अधिकारका बारेमा उल्लेख गरिएकाे छ ।
जनताले राखेका प्रश्नकाे जवाफलाई मन्त्री परिषदकाे क्याविनेटमा राखिने जानकारी दिदै भने तपाईहरूले राखेकाे सबै प्रश्नहरू मन्त्री परिषदकाे क्याविनेटमा राख्ने खालका छन् ।
प्रदेश सरकारका ब्यवस्थापिकाले नै हल गरेर लैजाने खालकाे प्रश्न हाे । लाेकतन्त्रमा जनताकाे कदर गरिने भएकाेले तपाईहरूबाट आएको प्रश्नलाई उच्च स्थान दिएकाे छु तसर्थपनि यि सबै प्रदेश सरकारकाे मन्त्री परिषदले पास गर्ने छ उनले बिश्वस्त गराए ।
प्रदेशसभा सदस्य माननिय महेश प्रसाद यादवकाे अध्यक्षता रहेकाे साे कार्यक्रममा विभिन्न पार्टीहरूकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चाैधरी, स्थानिय जनप्रतिनिधिहरूकाे तर्फबाट डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मुखियाले बाेलेका थिए ।
सहभागिहरूले मुख्यरुपमा युवाहरूकाे समस्या, कृषि, शिक्षा, याेजना कार्वान्वयन, सुशासनका बारेमा प्रश्नहरू गरेका थिए । आयोजित कार्यक्रममा प्रदेश सभासद गाेबिन्द न्याैपाने, अमरेन्द्र सिंह, संविधानसभा सदस्य ताराकान्त चाैधरी लगायत ब्यक्तित्वहरू सहभागी थिए ।