असार ०६ गते, कञ्चनरूप।
सप्तरीको कञ्चनरूप नगरपालिका ८ स्थित रहेको सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरका छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ स्थित रहेको सो विद्यालयद्वारा शुक्रबार आयोजित एक समारोहका वीच विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई तेस्रो पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति वितरण गरिएको हो।
आयोजित कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षामा कक्षा ९ बाट १० मा जाँदा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्र राहुल शर्मा , छात्रा अनिसा चौधरीलाई जनही नगद रु. ७ हजार र प्रमाणपत्र, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा सन्ध्या लेखीलाई नगद ३ हजार रुपिया ,प्रमाणपत्र, कक्षा ८ बाट ९ मा जाँदा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्र भुपेन्द्र मण्डल र छात्रा पुर्णिामा चौधरीलाई जनही नगद ५ हजार रुपियाँ र प्रमाणपत्र, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र गजित सेठलाई नगर ३ हजार रुपियाँ र प्रमाणपत्रसहित छात्रवृत्ति
प्रदान गरिएको थियो ।
यसैगरी कक्षा ७ मा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने छात्र अशोक चौधरी , छात्रा पुर्णिामा चौधरी र नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने छात्रा सक्षम यादवलाई जनही नगद २ हजार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रममा सहभागीले जनाएको छ ।
पण्डित आचार्यका छोराहरु विश्वमणी आचार्य, श्याममणि आचार्य र मधुसुदन आचार्यले बुवाको नाममा २०७८ सालमा रु. ५ लाखको अक्षयकोषको स्थापना गरेका थिए। पाण्डित आचार्य सर्वोदय माध्यमिक विद्यालय स्थापना भएको २०१३ सालदेखी २०४४ सालसम्म सोही विद्यालयमा शिक्षक भई नेपाली र संस्कृत विषयमा अध्यापन गराई सेवाप्रदान गरेका थिए।
कार्यक्रममा वोल्दै पुर्व प्रधानाध्यापक तिर्थराज पोखरेलले शिक्षा क्षेत्रको स्तरउन्नती नभएसम्म मानिसको जीवन अन्धकार हुने बताए ।उनले इच्छाशक्ति , दिशा निर्धारण , समर्पण र अनुशासनलाई आत्मसात गर्दै अगाडि बढेमा विद्यार्थीको भविस्य उज्वल हुने विश्वास व्यक्त गरे ।
द्वारिका आचार्य एकता समाजका अध्यक्ष चक्रप्रासाद आचार्यले गरिव , दलित , बिपन्न छात्रछात्राहरुको शिक्षामा पहुँच होस भन्ने उदेश्यका साथ कोषको स्थापना गरिएको बताए।
कोषका अध्यक्ष बिश्वमणी आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद साह ,विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक ,सदस्य मंजु सरबरिया , अक्षय कोषका सचिव देवेन्द्र गुप्ता, द्वारिका आचार्य एकता समाजका पूर्व अध्यक्ष नवराज आचार्य, कोषाध्यक्ष राम प्रसाद आचार्य , लेखा संयोजक प्रकाश आचार्य ,शिक्षक रमानन्द यादव अभिभावक बिरेन्द्र लेखी ,विद्यार्थी राहुल शर्मा , सन्ध्या लेखी लगायतका वक्ताहरूले पण्डित आचार्य प्रति उच्च कदर गर्दै अक्षय कोष स्थापना हुनु समाजका लागि उदाहरणीय कार्य रहेको बताए ।
अक्षयकोषका सचीव देवेन्द्र प्रसाद गुप्ताद्वारा संचालित कार्यक्रममा स्वागत द्वारिका आचार्य एकता समाजका केन्द्रिय सदस्य एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले गरे ।
सर्वोदय माध्यमिक विद्यालय स्थापना भएको २०१३ सालदेखी २०४४ सालसम्म सोही विद्यालयमा शिक्षक भई नेपाली र संस्कृत विषयमा अध्यापन गराई सेवाप्रदान गरेका थिए।
कार्यक्रममा वोल्दै पुर्व प्रधानाध्यापक तिर्थराज पोखरेलले शिक्षा क्षेत्रको स्तरउन्नती नभएसम्म मानिसको जीवन अन्धकार हुने बताए ।उनले इच्छाशक्ति , दिशा निर्धारण , समर्पण र अनुशासनलाई आत्मसात गर्दै अगाडि बढेमा विद्यार्थीको भविस्य उज्वल हुने विश्वास व्यक्त गरे ।
द्वारिका आचार्य एकता समाजका अध्यक्ष चक्रप्रासाद आचार्यले गरिव , दलित , बिपन्न छात्रछात्राहरुको शिक्षामा पहुँच होस भन्ने उदेश्यका साथ कोषको स्थापना गरिएको बताए।
कोषका अध्यक्ष बिश्वमणी आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद साह ,विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक ,सदस्य मंजु सरबरिया , अक्षय कोषका सचिव देवेन्द्र गुप्ता, द्वारिका आचार्य एकता समाजका पूर्व अध्यक्ष नवराज आचार्य, कोषाध्यक्ष राम प्रसाद आचार्य , लेखा संयोजक प्रकाश आचार्य ,शिक्षक रमानन्द यादव अभिभावकबिरेन्द्र लेखी ,विद्यार्थी राहुल शर्मा , सन्ध्या लेखी लगायतका वक्ताहरूले पण्डित आचार्य प्रति उच्च कदर गर्दै अक्षय कोष स्थापना हुनु समाजका लागि उदाहरणीय कार्य रहेको बताए ।
अक्षयकोषका सचीव देवेन्द्र प्रसाद गुप्ताद्वारा संचालित कार्यक्रममा स्वागत द्वारिका आचार्य एकता समाजका केन्द्रिय सदस्य एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य उत्तम आचार्यले गरे ।