भूपदेव माली
असार ०८ गते, सप्तरी।भारदहमा दुई मोटरसाइकिल आपसमा ठोकिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एकजना गम्भीर घाइते भएका छन्।
सप्तरीको हनुमाननगर कङ्काल्नी नगरपालिका वडा नं १ कंकाल्मी मन्दिरदेखि एक किलोमिटर उत्तर कोशीको बाँधमा दुई मोटरसाइकिल आपसमा ठोकिँदा एकजनाको घटनास्थलमै मृत्यु र एकजना गम्भीर घाइते भएका हुन्।
आइतबार बिहान ५:२० मिनेटको समयमा को १० प ५००६२ नम्बरको स्पिलन्डर मोटरसाइकिलमा सवार कञ्चनरूप नपा वडा नं १ ,बैरवा बस्ने अन्दाजी वर्ष २५ का सुभाष कुमार महतो र विपरित दिशाबाट बा ५५ पो ६६३ ९ नम्बरका मोटरसाइकिल सवार पहिचान खुल्न नसकेको एक आपसमा ठोकिँदा पहिचान नखुलेका व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ भने एकजना सिकिस्त र अर्को एकजनालाई सामान्य चोटपटक लागेको छ।
सिकिस्त हुनेहरूलाई उपचारका लागि विराटनगरतर्फ पठाएको छ भने मृतकको सब राजवराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ।
दुवै मोटरसाइकिल इलाका प्रहरी कार्यालय भारदको नियन्त्रणमा रहेको छ।