डम्बर राई
असार ,०८ गते , सप्तरी।सप्तरीकाे कञ्चनरुप नगरपालिकाले स्थायित्व र दिगाे बिकासका कार्य गर्न नसकेकाे स्थानियहरूले चर्चा गर्न थालेका छन् । नगर प्रमुख ललन प्रसाद गुप्ताकाे कार्यकाल ३ बर्ष बित्दै गर्दा पालिकाले तर्जुमा गरेकाे बार्षिक याेजनाका धेरै कामहरू अधुरै रहने गरेकाे यतिबेला चर्चामा छ ।
बार्षिक याेजनानुसारकाे काम त्यहि आवभित्रै सक्नुपर्ने हुन्छ तर नगरपालिकाले सार्वजनिक गरेकाे याेजनाकाे धेरै कामहरू अधुरै छाडेकाे सार्वजनिक सुनवाइ कार्यक्रममा पनि धेरैले उठाए । गत साेमबार कञ्चनरुप ८ स्थित बेरियरमा नगरपालिकाले गरेकाे सार्वजनिक कार्यक्रममा नगर प्रमुख गुप्ताले बुद्धि बिवेकले गर्न नसकेकाे हाेकी ? वा गुमराह गरेर जनतालाई आश्वासन कै भरमा झारा टारेकाे हाे भन्ने प्रश्न राख्दै र्याख र्याख पारेका थिए ।
उसाे त नगरप्रमुख गुप्ता भ्रष्टाचारकाे उजुरीमा परेका ब्यक्ती हुन् । उनकाे नाममा ५२ वटा भन्दा बढी उजुरी अख्तियारमा परेका छन् । जसमध्ये केही सफाई पाएकाे गुप्ता आफै भन्छन् । उनकाे कमजाेरी पक्षलाई औल्याउदै स्थानियहरूले उनलाई नगरबिकास भन्दा ब्यक्ती बिकासमा बढी सम्मिलित भएकाे संज्ञा दिएका छन् ।
गुप्ताकाे जिम्मेवारी अघि नगरपालिकामा जम्मा २ करोड १३ लाख रुपैयाँ बेरुजु थियो तर अहिले त्यो बढेर ६३ करोड ८२ लाख ६८ हजार रुपैयाँ पुगेको स्थानिय बुद्धिजिवी, सामजसेवी बताउँछन् । बेरुजु कम हुनु पारदर्शिता र सुशासनको मापक हो तर यहाँ झन् उल्टोक्रममा बढ्दाे छ ।
उनले बिकास बजेटमै चरम लापारवाही गरेकाे आरोप चुलिदै गएका छन् । आर्थिक वर्ष २०८०/०८१ काे बजेट खर्च हुन सकेन, त्यस्तै ०८१/०८२ मापनि यहि रुप रहेकाे आरोप छ ।
नगरपालिकामा व्यापक अनियमितता बढेकाे जन गुनासाे छ । ईन्धन शिर्षकमा ६३ लाख २० हजार ९ सय ७४ रुपैयाँ खर्च गरिएको छ । याे खर्च अनियन्त्रित ढंगले भएको सर्वत्र दावी हुँदै आएको छ । सवारी साधनको लागि कुनै मासिक मापदण्ड छैन । ईन्धन खपतबारे लगबुक लगायत कुनै रेकर्ड छैन । तलब भत्तामा पनि अनियमितता देखिएकाे जन गुनासाे छ । कार्यक्रमभन्दा पनि तलब, भत्ता र भ्रमणमा अत्यधिक खर्च गरिएको जनाइएकाे छ । यस्तै बिधालय दिवाखाजालाई स्वार्थ सिद्धताकाे सिकार बनाएकाे आरोप छ ।
नगर प्रमुख गुप्ताकाे सेटिङ्ग विद्यालयका प्रधानाध्यापकहरूले अस्वीकार गरेपछि, नगरपालिकाले बालबालिका अहिले खाजाबाट बञ्चित छन् । त्यसाे त नगर प्रमुख गुप्ताकाे धेरैमा सेटिङ्ग रहेकाे बिवरण गरिएकाे छ । नक्सा पासमा उनकाे सेटिङ्ग मात्र हाेइन एकाधिकार जमेकाे छ । साधारण नागरिकले नक्सा पास गर्दा वर्षौसम्म फाइल अल्झाइन्छ तर उनकाे छोराले खोलेकाे कन्सलटेन्सीबाट भने जरिवाना देखाएर तुरन्त पास गराइन्छ ।
यस बाहेक उनकाे सेटिङ्ग खोला नालामा पनि देखिन्छ । ठेक्काबाट अवैध असुली गर्दै आएको उनकै सामुन्ने सराेकारवालाले बाेले नगर क्षेत्रभित्र खोलानाला ठेक्का प्रक्रिया नै नचलेको अवस्थामा असुली चलिरहेको छ । याे अवैध धन्धा सेटिङ्ग यसरी हुने गरेकाे छ । ट्र्याक्टरबाट मासिक रुपमा नगर प्रमुख ७ हजार, ईलाका प्रहरी कार्यालय कंचनपुर ७ हजार, क्यूआरटी प्रहरीलाई २ हजार, धरमपुर प्रहरी चौकीलाई २ हजार असुली गरिन्छ।
र्यक्रमभन्दा पनि तलब, भत्ता र भ्रमणमा अत्यधिक खर्च गरिएका बिवरणमा कर्मचारी पारिश्रमिक १६ करोड ९२ लाख ५९ हजार, पदाधिकारी पारिश्रमिक २ करोड ४० लाख, महँगी भत्ता २० लाख, प्रोत्साहन तथा पुरस्कार ३० लाख, कर्मचारी बैठक भत्ता १० लाख ४ हजार ९ सय छन् । यस्तै कार्यालय प्रयोजन ईन्धन ६३ लाख २० हजार ९ सय ७४, सवारी मर्मत २० लाख ४८ हजार ४ सय २३, मेसिनरी मर्मत ५ लाख १४ हजार २ सय ४२, करार सेवा शुल्कः ३ करोड १ लाख ८० हजार ६ सय ४८ भ्रमण खर्च १७ लाख, अन्य भ्रमण खर्चः ४ लाख १४ हजार २५, सभा संचालन खर्चः ९ लाख ९९ हजार १ सय ७०, घरभाडाः ६ लाख र सवारी साधन खरिद २५ लाख रहेकाे छ ।
यता तटबन्ध निर्माणमा १२ लाख २७ हजार बजेट भए पनि खर्च ८ लाख ६ हजार मात्र भएको छ र अन्य सार्वजनिक निर्माणतर्फ कुल बजेटमध्ये ५५.६८ प्रतिशतमात्र खर्च भएको छ।
नगर प्रमुख गुप्ताकाे कार्यकालमा नाैलाे आयाम थपेको क्रिटिकल गर्दै स्थानियकाे गुनासाे याे पनि हाे नगर अस्पताल कार्यकर्ताकाे तलबकेन्द्र !
नगर अस्पताल जनताको सेवा केन्द्र बन्नुपर्नेमा नेताका आफन्त र कार्यकर्तालाई तलब खुवाउने थलो बनेको आरोप लगाइएकाे छ।
औषधिको चरम अभावले जनतालाई सास्ती भोग्नु परेको छ । सिटामाेलपनि भनेकाे बेला नपाइने अवस्था छ नगर अस्पताल । स्वास्थ्य सेवा होइन यहाँ त कार्यकर्ता व्यवस्थापन केन्द्र बनाइएको आरोप छ । कर्मचारी भर्ना प्रकरण नगरपालिकामा चर्चित बन्दै आएको छ ।
नगरपालिकामा बिना भ्याकेन्सी भित्र भित्रै गुप्ताले कर्मचारी राख्ने गरेका छन् याेपनि चर्चाकाे बिषय बनाएका छन् । नगरपालिकामा आफ्नो मान्छे राख्न सिट खाली गराउन उनले २ बर्ष अगाडि नै विभिन्न शाखामा कार्यरत १६ जना कर्मचारीलाई एकैसाथ हटाएका थिए । त्यहि खालि स्थानमा उनले चालै नपाई कर्मचारी भर्ना गर्दै आएका छन् ।
अब यता नगर प्रमुख गुप्ताकाे अर्काे अनियमितता सार्वजनिक भएकाे छ । नगरपालिकाले सार्वजनिक निर्माण योजना मार्फत निर्माण गरेकाे हनुमानको मूर्तिमा समेत अनियमितता देखिएको हाे। धार्मिक आस्था र पवित्रताको प्रतीक मानिने संरचनामा समेत अनियमितता हुनु याे नगरप्रमुखकाे आशय बिकासमा नभइ कमाउ हाे भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।
नगर प्रमुख गुप्ताको नेतृत्वमा सञ्चालित योजना अन्तर्गत वडा नम्बर ८ को डिठा पोखरीस्थित छठघाटमा निर्माण गरिएको हनुमानको मूर्तिमा १४ लाख ३५ हजार ६ सय ८३ रुपैयाँ खर्च गरिएको देखिन्छ । तर महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार उक्त खर्चको विश्वसनीयता सुनिश्चित हुन नसकेको ठहर गरिएको छ । लागत प्रतिवेदन स्पष्ट छैन ।
यसै हिसाबकाे महालेखा प्रतिवेदन अनुसार २०८१ साल बैशाख १६ गते बाँकी भुक्तानी गरिएको यस योजनामा लागत अनुमानको स्पष्ट विवरण नै प्रस्तुत गरिएको छैन । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० अनुसार लागत अनुमान र नियम ११७ अनुसार कार्य सम्पन्न (स्वीकृति) प्रतिवेदन तयार गर्नु अनिवार्य भए बमाेजिम न दुवै विवरण पेश गरिएको छ, न त निर्माण स्वीकृति सम्बन्धी प्रतिवेदन नै । स्रोतका अनुसार, हनुमानको मूर्तिमा मात्रै ५ लाख ७० हजार रुपैयाँको भ्याट बिल काटिएको छ । तर त्यसपछि पनि मिस्त्री खर्च, कच्चा पदार्थ, पीसीसी वर्क, रंगरोगन र ज्यालाजस्ता शीर्षकमा थप खर्च देखाइएको छ । जुन स्पष्टत: दोहोरो बिलिङ वा रकम अपचलनको आशंकामा पर्छ ।
भ्याट बिल तिरेपछि फेरि त्यही सामग्री वा काममा खर्च देखाइनु भ्रष्टाचार हो स्थानिय युवानेता अरुण कुमार यादवकाे भनाई छ । यादवले भने यसरी देखाइएको बाँकी रकम बाँडफाँटको धन्दामा गइसकेको हुनुपर्छ ।
उनकाे अनुसार भगवानको मूर्तिमा समेत भ्रष्टाचार हुनु भनेको अब यहाँ केही पवित्र बाँकी छैन भन्ने हाे ।
नगरका अधिकांश निर्माण योजनामा गम्भीर अनियमितता गर्नु भनेकाे हामीलाई चुनाैती दिइएकाे हाे तसर्थ अब हामी नगरवासी मौन बस्ने बेला छैन। घटनाबारे जानकारी भएपछि नागरिक समाज, सामाजिक अभियन्ता र स्थानीयवासीहरू आन्दोलित बनेका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माँग गरेका छन् ।
नगरपालिकाकाे कुनैपनि क्षेत्रमा स्थायित्व र दिगाेखाले काम हुन नसकेकाे स्थानियहरूकाे आलोचनात्मक टिप्पणी छ ।