न्युज 1नेपाल
असार ,०८ गते , सप्तरी।
सप्तरीको शम्भुनाथ नगरपालिकामा पत्रपत्रिका विज्ञापनको नाममा ४० लाखभन्दा बढीको रु अनियमितता भएको आरोपको आधारमा अख्तियारले जवाफ मागेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु र लेखापाल लगाएतको मिलेमतोमा अनियमितता भएको अधारमा अख्तियरले अनुसन्धानको क्रममा स्पष्टीकरण मागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी स्थित कार्यालयद्वारा गत १६ जेठमा नगरपालिकालाई पत्राचार गर्दै सो अनियमिततासम्बन्धी स्पष्टिकरण माग गरेपछि उक्त प्रकरण वाहिरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सोनु ,आन्तरिक लेखा परिक्षक झनक कटवाल र लेखापालले जनचेतनामूलक विज्ञापनका नाममा पत्रपत्रिका तथा कन्टिजेन्सी शीर्षकबाट ४० लाख रकम खर्च गरेको र होटलहरूलाई गैरकानुनी रूपमा भुक्तान गरेको आरोप बारेमा प्राप्त उजुरीका आधारमा छानविन प्रारम्भ गरेको अख्तियारको पत्रमा उल्लेख छ । अख्तियारले उक्त प्रकरणको यथार्थ विवरण, सो सम्बन्धी सम्पूर्ण कागजात र लिखित प्रतिक्रिया पेश गर्न नगरपालिकालाई निर्देशन दिएको छ। अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा १ को देहाय खण्ड (क) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै नगरपालिकालाई जवाफ माग गरेको छ ।
जनचेतनामूलक संदेश विज्ञापनको बढी भुक्तानी लिने सप्तरी जिल्लाका भन्दा उदयपुर, ओखलढुंगा, सुनसरी,सिरहा, काठमाडौ लगायतका पत्रपत्रिका तथा कन्टिजेन्सी रहेको नगरपालिका श्रोतबाट खुलेको छ ।