असार ०८ गते, काठमाडौं । इरानमा गरिएका आक्रमण सफल भएको र इरानले अब शान्तिको मार्ग रोज्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि ट्रम्पले आफ्नो ट्रम्पले आफ्नो देशबासीलाई सम्बोधन गर्दै so कुरा बताइएको हो।
उनले भनेका छन्, ‘ यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् म संसारलाई जानकारी गराउन चाहन्छु। ।’
ट्रम्पले ह्वाइट हाउस बाट देशवासीलाई सम्बोधन गर्दा उपराष्ट्रपति जे.डी. भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेका थिए। उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिए ।
इरानका आणविक संवर्धन केन्द्रहरु पूर्णरुपमा ध्वस्त पारिएको दाबी
गर्दै ट्रम्पले भनेका छन्, ‘मध्यपूर्वको गुण्डा इरानले अब शान्तिको बाटो रोज्नुपर्छ। यदि यसो गरेन भने आगामी आक्रमणहरू अझ धेरै ठूला र विभत्स हुनेछन् ।’
अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रहरुमा आक्रमण गरेको थियो । आक्रमणमा जीबीयू–५७ भनिने बंकर बस्टर बम प्रयोग गरिएको थियो । ती बम बी–२ स्टेल्थ नामको लडाकु विमानले खसालेको थियो ।
बम बनाउने विज्ञहरुका अनुसार बंकर बस्टर बम जमिनको करिब ६० मिटर मुनि पुगेर विष्फोट भएर लाई ताण्डव मचाउने गर्दछ। यस प्रकारको बंकर बस्टर बम अमेरिकासँग मात्र भएको बताइन्छ ।
यसै क्रममा ट्रम्पले दिए इजरायली प्रधानमन्त्रीलाई बधाई समेत दिएका छन्।
देशबासीको नाममा सम्बोधन गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई समेत दिदै भनेका छन्, ‘म प्रधानमन्त्री बीबी नेतन्याहुलाई धन्यवाद र बधाई दिन चाहन्छु । हामीले एक टिमको रुपमा काम गर्यौं, सम्भवतः अहिलेसम्मकै उत्कृष्ट टिमवर्क । इजरायलमाथिको भयावह खतरा हटाउने दिशामा हामी धेरै अगाडि बढेका छौं ।’ उनले थपे, ‘यो स्थिति अब सह्य छैन । अब या त शान्ति हुनेछ या इरानका लागि त्यस्तो दुर्भाग्य हुनेछ जुन हामीले हालसम्म देखेका छैनौं ।’
शनिबार रातिको लक्ष्य सबैभन्दा कठिन र सायद सबैभन्दा घातक पनि रहेको उनले बताएका छन् । इरान शान्तिको बाटोमा नआए अरु ठाउँमा पनि आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।