• img
  • img
img img img
Categories
विचार

सम्पादकीय

img

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस हो। एकल महिलाहरूका लागि उनको जीवनको गाथालाई दर्साउन एवं मर्मलाई बुझेर उनीहरूका जीवन सार्थक बनोस् भन्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ।

हरेक वर्ष जुन ३० लाई विश्वभरि एकल महिला दिवसका रूपमा मनाउने चलन सन् २०११ बाट सुरु गरिएको हो। विश्वभरिका विकासन्मुख देशका एकल महिलाहरुले गरिबी हिंसा र स्वास्थ्य समस्यासँग जुझिरहेकोमा यस दिवसले एकल महिलाका पीडासँगको एक्यबद्धता र त्यसका लागि राष्ट्रहरूसँग पैरवी पनि गर्दछ। वास्तवमा कुनै पनि स्त्रीले आफ्नो जीवनसाथी गुमाउँदा र साथ छोडिँदाको पीडा एकातर्फ र त्यसपछि जीवनमा गर्नुपर्ने दीर्घकालीन संघर्ष र सामाजिक अवहेलनाको सामना र अर्को तर्फ विश्वभरिको एकल महिलाहरुले एउटा संघर्षशील र पीडादायी जीवनका पाटाहरू सहजै यस दिवसले dर्साएका छन्। उनीहरूका लागि समानता र क्षमता आजको विश्वले पैरवी गर्नुहाम्रो नेपालमा पुरुषको संख्या भन्दा महिलाको संख्या बढिरहेको पाइन्छ। महिलाहरू धेर भए पनि र नेपालको संविधानले ३३% आरक्षण दिए पनि कुनै न कुनै रुपमा महिलाहरु पछाडि नै परेको अवस्था छ। अझ त नेपाली समाजले घरिघरि एकल महिलाहरूको मर्यादामा आंच आउने काम, महिलाहरूलाई विभिन्न किसिमका आरोपहरु थुपार्ने काम, निर्धो मानेर हेप्ने कार्य, चारित्रिक अवहेलना जस्ता कार्यहरू र आफ्नै परिवार जन्यबाट हिंसाका सिकार हुनुपरेको सर्वेविदितै छ। अझ त तराई मधेशका महिलाहरूमा खासगरी मैथिल एकल महिलाहरुलाई कसैसँग बोल्दा हाँस्दा पनि विभिन्न किसिमका अस्लीलताको आरोप लगाउने नौलो कुरो होइन। यस अर्थमा एकल महिलाको जीवन अति नै कष्टदायी हुन्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्दछ। त्यसैले एक कल महिलाहरूको मानव अधिकारको सम्मान र सुरक्षा हाम्रो समाजको दायित्व हो। एउटा क्षमतामूलक र समानजनक समाज निर्माण गर्नका निम्ति हामीले महिलाहरूको मर्म बुझेर यसतर्फ यसतर्फ ध्यान दिनु आवश्यक छ। लैङ्गिक समानता कायम गरी एउटा भेद रहित समाज निर्माण गर्नु पर्दछ। एकल महिलाहरूलाई मर्यादित समाजिक जीवन जिउन अवसर  दिनुपर्छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी