न्युज 1नेपाल संवाददाता
असार १४ गते , सप्तरी।
सप्तरीको राजबिराजमा संचालित राजबिराज मेयर कप सप्तरी महिला प्राईड लिग टि ट्वान्टी क्रिकेट प्रतियाेगिताकाे फाइनल खेलमा राजबिराज राेयल्स विजय प्राप्त गर्न सफल भएको छ।
राजविराज स्थित प.वि. माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा खडक क्युईन्सलाई ५ बिकेटले पराजित गर्दै राजबिराज राेयल्सले विजयी भई उपाधि हासिल गर्न सफल भएको हो।
सम्पन्न खेलमा राजबिराजका अपसरी बेगमले उत्कृष्ट ब्याटिंग गर्दै ६२ रन बनाएपछि राजबिराजका लागि जित सहज भएकाे थियो।
यसरी नै अर्का
ब्याटर अपेक्षा यादबले ३३ ले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
खडक क्युईन्स र राजबिराज राेयल्स बिच भएकाे फाईनल खेलमा टस जितेर खडकले निर्धारित २०ओभरमा
७ बिकेट गुमाएर १ सय २९ रनकाे लक्ष्य खडा गरेका थिए। जसमा ममता चाैधरीले उत्कृष्ट ब्याटिंग गर्दै ४९ बलमा ९ चाैकाकाे मदतले ६२ रन बनाएका थिए ।
यसैगरी अर्का ब्याटर टीका साहले ३७ रन र अलिसा यादबले १८ रन बनाएका थिए । अर्को तर्फ बलिगंमा राजबिराज राेयल्सका अपेक्षा यादबले २ बिकेट तथा सिवानी साह, साक्षी यादबले समान १/१ बिकेट लिएका थिए।
प्रतिउतरमा १ सय ३० रनकाे लक्ष्य लिएका राजबिराज राेयल्सले १८ ओभरमा ५ बिकेट गुमाएर जित हात पारेकाे थियो। जसमा अपसरी बेगम ६२ रन, अपेक्षा यादब ३३, रन र चाँदनी खातुनले १२ रन बनाएका थिए।
बलिंग तर्फ खडक क्युईन्सका भुमी सिँह २ बिकेट तथा माेनिका सिँह र सुस्मिता यादबले १/१ बिकेट लिएका थिए। प्रतियाेगिताकाे फाईनल खेलको प्लेयर अफ दि म्याच अपसरी बेगम घाेषित भएकाे छ। यसैगरी प्रतियाेगिताकाे बेस्ट ब्याटर ममता चाैधरी, बेस्ट बलर भुमी सिँह र प्लेयर अफ दि सिरिज अपसरी बेगम घाेषित भएकाे छ।
सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित एक समारोह वीच विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविन, नेपाल क्रिकेट सँघका सलेक्टर मुर्तजा हवाडी, राजबिराज वडा ४ का वडा सदस्य राजेश्वरी थापा, राजबिराज वडा ५ का वडा सदस्य संताेष मण्डल, लगायतले बिजेता, उपबिजेताहरूलाई कप, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमकाे संचालन सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले गरेका थिए।