न्युज 1नेपाल संवाददाता
कञ्चनरूप/ असार १४ गते । सप्तरीकाे अग्नीसाइर कृष्णासवरन गाउपालिका १ कि एक किशाेरीले आत्महत्या गरेकी छन् । जण्डाैल टाेल बस्ने किसन चाैधरीकी १७ बर्षिया पार्वती कुमारी चाैधरीले शुक्रबार राती आफुसुत्ने काेठाकाे पंखामा सलकाे पासाे लगाई झुण्डिएकाे ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
राती ११ बजेकाे समयमा घटनाकाे खबर आउनासाथ महुली ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक रामजी कार्कीकाे कमाण्डमा खटिगएका टाेलीले घटनास्थल सुरक्षित राखी तालुक ईप्रका कञ्चनपुरबाट प्रहरी निरिक्षककाे कमाण्डमा गएका टाेलीले अनुसंधान सुरू गरिएकाे जनाइएकाे छ ।
सव परीक्षणका लागि राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको जानकारी प्राप्त भएको छ।