• img
  • img
img img img
Categories
कृषि विचार

सम्पादकीय

img

आज राष्ट्रिय धान दिवस हो। प्राय: तराई मधेसका सबै पालिकाहरूले यो दिवस मनाउने गरेका छन्। किनभने तराई मधेश धान खेतीको हृदयस्थल हो। यहाँका उर्वर भूमि कृषिका लागि महत्त्वपूर्ण स्थान राख्दछ। त्यसैले तराई मधेशमा धान दिवस प्राय सबै पालिकाहरूले मनाउने गर्छन्।
हरेक वर्षको आषाढ १५ गते राष्ट्रिय धान दिवस मनाउने परम्परा रहिआएको छ। यस दिन दही र चिउरा आपका साथमा खाएर धान रोपाई गर्ने यो दिवसको मुख्य परम्परा रहिआएको छ।
हुन त यो समय बर्खाको उत्कर्षको समय हो तर झरीका थोपाहरू कुनै वर्ष सबैतिर समान भने हुँदैनन्। कहाँ कहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको बिऊ नै सुक्यो भन्ने कुराको फेरिहस्त हरेक वर्ष फरक फरक हुने गर्दछ। हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिए पनि सबै ठाउँमा यो दिवस खासै माइने राखिँदैन। कतिपय क्षेत्रमा खेतमा पानी नभएर धान रोप्नु सकिने अवस्था नरहेकाले यो ध्यान दिवस कतिको सार्थक हुन्छ भन्ने कुरा सर्वविदीतै छ। त्यति मात्र नभएर नेपाल कृषिप्रधान देश भन्ने गरिन्छ तर अहिले आएर वैदेशिक रोजगारदाताहरूको सर्वप्रिय थलो भएको छ। र यसको कारण हो कोदालु लिनुपर्ने हातमा पर्न आएको पासपोर्टको मुख। हरेक वर्ष धान दिवसमा दुईटा कुराहरुलाई मुख्य केन्द्र बनाइन्छ एउटा कृषिमा आधुनिककरण अनि अर्को खादान आयातमा न्यूनीकरण। नेपाल कृषि प्रधान देश भएर पनि बाँझो खेतबारीका कारण अन्य देशबाट बोराको बोरा चामल दाल गहु आदि हामी आयात गर्ने गर्दछौं। जुन नेपाली स्वाभिमान अनि कृषि कर्मको आदर्श विरुद्ध भन्दा फरक पर्दैन। त्यसैले सरकारले धान दिवसलाई साकार पार्नका लागि तराई मधेशका हरेक खेतहरुलाई सिंचित गर्न प्रयास गर्नुपर्दछ। र खेती बारी गर्नका लागि पर्याप्त मलखादको आयात गर्नु आवश्यक छ। कृषकलाई पुरानो शैलीबाट आधुनिककरण गर्नका लागि पनि पर्याप्त कृषि औजारहरु पनि उपलब्ध गराउनु आजको आवश्यकता रहेको छ।

कृषकहरूको खेती गर्न हरेक सुविधाहरू पर्याप्त उपलब्ध भएपछि मात्र राष्ट्रिय धान दिवस सफल हुने छ। अत सरकारले यसतर्फ ध्यान पुर्याउनु पर्छ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी