कञ्चनरूप/ असार १५
बिगतका बर्षहरू भब्यताका साथ मनाउदै आएका राष्ट्रीय धान दिवस यस बर्ष कञ्चनरूप नगरपालिकाले मनाएन । धान दिवसका लागि बजेट शिर्षकबाट कटाैती भएकाेलेे धान दिवस मनाउन नसकिएकाे प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जानकारी गराए ।
आज असार १५ गते राष्ट्रीय धान राेपाई दिवसलाई देशभरी नै पर्वकै रूपमा मान्ने गरेका छन्। नेपालमा धानबालीलाई मुख्यबालीकाे रूपमा लिइने भएकै कारण असार १५ गते धान दिवस मनाइन्छ । साथै यस दिनबाट धान राेप्न सुरू गरिन्छ ।
आज मुलुकभरी नै खेतमा गई धान राेप्दै हिलाे खेल्ने, नाचगान गर्ने लगायत बिभिन्न कार्यक्रम गरि धानदिवस मनाएका छन् ।
सम्बन्धित निकायले दिवसकाे अवसर पारेर कृषकहरूलाई कृषि सम्बन्धी औजार, कृषि उपकरण लगायत सामाग्रीहरू बितरण गर्ने तथा उब्जाउमा राम्राे गर्ने किसानलाई सम्मान गर्ने कार्य गरिन्छ । तर यता कञ्चनरुप नगरपालिकाले भाैतिक सामाग्री बितरण र सम्मान कार्य गर्न नसके पनि सामान्यरुपमा दिवस मनाउने याेजना नगर्दा स्थानिय किसानहरू अचम्मित भएका छन् । नि वर्तमान नगर प्रमुख वसन्त कुमार मिश्रले आफ्नो कार्यकालमा धानदिवस भब्यरुपमा मनाउनुकाे साथै उत्कृष्ट किसानलाई पुरस्कार सहित सम्मान गरेका थिए । तर नगर प्रमुख ललन प्रसाद गुप्ताकाे कार्यकालमा कृषिलाई कागजीरुपमा मुख्य ग्राहयता दिएका छन् तर व्यवहारमा नपाइएकाे स्थानिय किसानहरूकाे गुनासाे छ ।
यता तिरहुत गाउपालिका ३ नम्बर वडामा अखिल नेपाल किसान महासंघ सप्तरीकाे आयोजनामा २२ औ राष्ट्रीय धान राेपाई दिवस २०८२ विभिन्न कार्यक्रम गरि मनाएकाे राष्ट्रीय युवासंघका केन्द्रीय सदस्य मनिष श्रेष्ठले बताए । उनकाे अनुसार नेकपा ( एमाले) का पाेलिटब्युराे सदस्य एवंम सप्तरी ईन्चार्ज सुमनराज प्याकुरेलकाे प्रमुख आतिथ्य रहेको उक्त समाराेहमा बाक्लाे नेता, कार्यकर्ता र किसानहरूकाे सहभागिता थियाे ।