डम्बर राई
कञ्चनरूप/ असार १७ गते ।
भर्खरै प्रकाशित एसइइकाे नतिजाले सप्तरीकाे कञ्चनरूप नगरपालिकालाई ठुलाे झट्का दिएकाे छ । शिक्षालाई पहिलाे प्राथमिकतामा राखेकाे यस नगरपालिकाले एसइइमा झट्का खानु भनेकाे ठुलाे लज्जाकाे बिषय हाे स्थानिय बुद्धिजिवीहरूकाे आलोचना छ ।
नगर प्रमुख ललन प्रसाद गुप्ताले शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे छु भन्दै चर्काे रुपमा भाषण दिने गरेका छन् । तर नतिजानुसार उनकाे भाषणसंगै नगरपालिकाले शिक्षामा खर्चेकाे सम्पूर्ण लागत बालुवामा पानी खन्याए झै भएकाे चाैतर्फी चर्चा छ । बिधालयकाे भाैतिक पूर्वाधारका लागि करोडौ बजेट खर्चिएपनि गुणस्तर शिक्षा भने बिगत ३ बर्ष यता खस्किएकाे शिक्षाप्रेमीहरूकाे आकडामा छ ।
भवन लगायत पूर्ण भाैतिक सामाग्री र पर्याप्त शिक्षक, शिक्षिका भएर के गर्ने ? कञ्चनरूप १२ का पूर्व प्रधानाध्यापक एवं समाजसेवी मित्र नारायण श्रेष्ठले भने शिक्षामा पठन पाठनमा गुणस्तर हुनुपर्छ । पढाईमा ध्यान दिदैन, मात्र भवन निर्माणमा जाेडदिन्छ नगरपालिकाले !
बिगत केही बर्ष यता प्राय लगातार भवन निर्माण तथा अन्य भाैतिक कार्यका लागि
शंकर माबि कष्ठमाहाल, रूपनगरलाई लाखाै रकम दिएर भवन निर्माण तथा अन्य भाैतिक कार्य उकालाे लगाउने काम गरेपनि शैक्षिक गुणस्तर ओरालो झारिएकाे छ । भर्खरै आएको एसइइकाे नतिजा लाजमर्नु छ । यस बिधालयका ९९ जना विद्यार्थी मध्ये २४ जनाले ग्रेड प्राप्त गरे बाँकी ७५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । याे नगरपालिकाका लागि शैक्षिक छविमा अपमानजनक स्थिति हो ।
अघिल्लो बर्ष पनि शंकर माविका १०७ परीक्षार्थी मध्ये २९ जना मात्रै पास भएका थिए ।
५५ लाख रुपैयाँ बरावरको चार कोठे भवन र सरस्वती मन्दिर निर्माणका लागि छुट्याइएकाे छ । याे रकम बिधालयहरू मध्येकै धेरै रकम हाे ।
नगरप्रमुख गुप्ताले पार्टीकाे शिक्षक भएका कारण नियम बिपरित गरेर नगर शिक्षा समितिमा राखेका छन् । राहत दरबन्दीमा कार्यरत शिक्षक प्रमोद कटुवाल निजी विद्यालयका सञ्चालक समेत हुन् । शिक्षक संगठन, अभिभावक संघ र अन्य सरोकारवाला निकायहरूबाट यो निर्णयमाथि लामो समयदेखि असन्तुष्टि व्यक्त हुँदै आएपनि नगर प्रमुख गुप्ताले कट्वाललाइ अंगालाे हालेर चुप्प लागेका छन् ।
यस्ता सेटिङ्ग शिक्षकहरूबीचमै हुँदा राजनैतिककाे धङधङ्गी चल्ने भएकाेले बिधालयमा पढाईलाई भन्दा अवसरमा दाैडने प्रबृत्ती माैलाएका छन् ।
यस्तै वडा नम्बर ७ स्थित धरमपुरमा रहेको भृकुटी माध्यमिक विद्यालयकाे पनि अवस्था उस्तै रहेकाे छ ।एसईई परीक्षामा सहभागी भएका ४३ जना बिधार्थी मध्ये १६ जना अर्थात् ३७ प्रतिशत मात्र विद्यार्थी ग्रेडेडमा आए । बाँकी २७ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । नगर प्रमुख गुप्ताकै मनपर्ने प्रधानाध्यापक जसले नेतृत्व पनि नगरसत्ताकै गर्छन् । यस्ता प्रअकाे शैक्षिक गुणस्तरका नतिजाबाट धेरै बालबालिकाकाे भविश्य चाैपट्ट भएकाे अभिभावकहरूकाे गुनासाे छ ।