न्युज 1नेपाल
असार १७, दिल्ली —भारतको मध्य दक्षिणी प्रदेश तेलङ्गाना राज्यको संगारेड्डी जिल्ला स्थित एक औषधि उत्पादन कारखानामा सोमबार एक्कासी भएको विस्फोटमा परी ३६ जनाको मृत्यु हुन पुगेको छ ।
कारखानामा भएको विस्फोटपछि भवनको ठूलो भाग भत्किएर तहसनहस भएको छ । सो जिल्लाका दमकल अधिकृत बी. नागेश्वर रावका अनुसार अहिलेसम्म मृतकको संख्या ३६ बताइएको छ। मृतकमध्ये २३ जनाको पहिचान भइसकेको छ भने दुर्घटनामा ३५ जना अरु घाइते भएका छन् ।
प्रशासनका अनुसार अझै २४ जना बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । ५७ जनालाई भने सुरक्षित निकालिएको जनाएको छ ।
यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । भारतमा दुर्घटनाहरू प्राय: कारखानामा नै हुने गरेको पाइन्छ।