न्युज 1नेपाल संवाददाता
असार १७ गते, सप्तरी । सप्तरीको कञ्चनरूप नपा वडा नं २ महादेवपट्टि स्थित पूर्वपश्चिम राजमार्गमा बसले एक बालकलाई ठक्कर हान्दा घटनास्थलमै मृत्यु भएकोले स्थानीयद्वारा ३ घण्टासम्म चक्काजाम गरेका छन्।
०१:५० बजेको समयमा पूर्व पश्चिम राजमार्गमा बिरगंजबाट बिराटनगर जाँदै गरेको को १ ख ५४३८ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको अबस्थामा जिल्ला सप्तरी कन्चनरुप नगरपालिका वडा नं- २ बस्ने रोजित शेखको छोरा ८ वर्षिय आयन शेखलाई ठक्कर दिँदा निजको घट्ना स्थलमा मृत्यु भएकोमा स्थानीयद्वारा चक्काजाम गरेकाले भारदहदेखि कञ्चनपुरसम्म सवारी साधनहरूको जाम लागेको थियो।
तत्कालै घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा टोली पुगेर मानिसहरूलाई सम्झाई बुझाई जाम छुटाउन सफल हुनुभएको थियो।
खटिईगएको प्रहरी टोलीले लाश घट्नास्थलबाट पोस्माटमको लागी गजेन्द्र नरायाणसिंह अस्पताल राजबिराज पठाइएको र बस तथा बस चालक जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं- ५ बस्ने ४५ वर्षिय मनोरथ पोखरेल इलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ । प्रहरीको अनुसार स्थानियहरु भेला जम्मा भई १४:१५ बजेको समय देखि १७:४५ बजेसम्म बाटो अबरोध रहेको थियो।