न्युज 1नेपाल संवाददाता
असार १८ गते, सप्तरी।
सप्तरीको कञ्चनरुप नगरपालिकाका एक विद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड द्वारा १० थान पंखा हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चनरूप नपा वडा नम्बर–४ स्थित रहेको राष्ट्रिय आधारभूत विद्यालयलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुधबार बैंकद्वारा १० थान पंखा वितरण गरेको हो।
विद्यालय परिसरमा आयोजित एक कार्यक्रमको वीच प्रधानाध्यापक रामनारायण साहलाई उक्त १० थान पंखा हस्तान्तरण गरिएको थियो ।
विद्यालयलाई पंखा हस्तान्तरण गर्दै सिटिजन्स बैंक लिमिटेड मधेश प्रदेश इलाका नं. १ का प्रमुख प्रकाश नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थी र शिक्षकलाई सहज र शीतल वातावरण प्रदान गर्ने उद्देश्यले पंखा सहयोग गरिएको बताए ।
शाखा प्रबन्धक पारस चौधरीले गर्मीयाममा विद्यार्थीहरूको सिकाइमा सहजता ल्याउन पंखा सहयोग हुने हुँदा यो सामाजिक रूपमा सार्थक सहयोग भएको बताए । “सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंकले बेला बेलामा यस्ता उदाहरणीय कार्यहरू गर्दै आएको छ,” उनले भने ।
कार्यक्रममा सिटिजन्स बैंक कञ्चनरुप शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको बैंकमा कार्यरत कर्मचारी जीवन यादवले जानकारी दिए।