• img
  • img
img img img
Categories
समाचार

शिर्ष खबर डटकमकाे समाचार प्रति महासंघकाे आपत्ती

img

कञ्चनरूप / असार १८ गते ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले बुधबार एक प्रेस बिज्ञप्ती जारी गरेकाे छ । शाखाका सह सचिव डम्बर राईकाे हस्ताक्षरमा जारी बिज्ञप्तीमा शिर्ष खबर डटकममा आएको समाचारले नेपाल पत्रकार महासंघ, सप्तरी एवं पदाधिकारीलाई बदनाम गर्न सुनियोजित ढंगले तथ्यहिन भएर एकतर्फी रुपमा भ्रम फैलाउदै आएको उल्लेख गरेकाे छ ।

बिज्ञप्तीमा भनिएकाे छ, तत्कालीन मधेश प्रदेश सरकारकाे सहयोगमा तीन तल्ला ‘पत्रकार अतिथि गृह(भवन)२०८० सालमै निर्माण भएकाे सर्वविदितै छ । यही अतिथि गृह निर्माण क्रममा मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई कमिसन दिएको भनेर शिर्ष खबर डट्कममा आएको समाचारप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको खुलाइएकाे छ ।

समाचारमा भनिएजस्तो कसैलाई पनि कुनै किसिमको कमिसन नदिइएको प्रष्ट पार्न चाहन्छौं बिज्ञप्तीमा भनिएकाे छ समाचारमा राखिएको फोटो पनि हाम्रो आधिकारिक हाेइन । मधेश प्रदेशका तत्कालीन अर्थ मन्त्री साह र नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष शम्भु झाको विशेष पहलमा नेपाल पत्रकार महासंघकाे अतिथि गृह निर्माणका लागि पहिलो पटक रु. २५ लाख र दोश्रो पटक रु. ६० लाख विनियोजन भएको थियाे ।

उक्त बजेटले तीन तल्ला भवनमा आठ वटा काेठा निर्माण गरिएको छ र चारवटा कोठा एट्याच बाथरुमसहितको डिलक्स बनाइएको छ ।
भुइँ तल्लामा पार्किङ र क्यान्टिन पनि निर्माण भएको छ ।

उक्त भवन निर्माणका लागि कुल ८५ लाख बिनियाेजन हुँदा पनि महासंघले झन्डै १२ लाख कम अर्थात् ६५ लाख मात्रै खर्चिएकाे बिज्ञप्तीमा जनाउदै बाँकी १२ लाख बजेट सरकारकै खातामा फिर्ता भएको उल्लेख गरेकाे छ यश अर्थमा पनि यो भवन निर्माणमा कुनै किसिमको अनियमितता नभएको बिज्ञप्तीमा छ।

बिना कारण नेपाल पत्रकार महासंघ, सप्तरी र पदाधिकारीलाई निरन्तर बदनाम गराउने कुकृत्यप्रति शाखाले घोर भत्सर्ना समेत गरेकाे छ । हामी यस किसिमको तथ्य बिनाको समाचार नलेख्न र समाचार लेख्दा पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न बिज्ञप्ती मार्फत आग्रह गर्दै अब उप्रान्त यस किसिमको भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार नेपाल पत्रकार महासंघ शाखा सप्तरी अघि बढ्ने समेतकाे जानकारी गराएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी