असार १८ गते,काठमाडौँ —चीन शासित तिब्बतका नेता एवं बौध धर्मगुरु दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारीको अवसरमा उनका उत्तराधिकारी बन्ने र कुन प्रक्रियाबाट चयन गरिने बारे बहस चर्किएको छ ।
रोएटर्सको अनुसार भारतको हिमांचल प्रदेशस्थित सिमलामा वर्षौंदेखि निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा उनका अनुयायीहरूले यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे अष्टपस्ट जानकारी प्राप्त हुन सक्ने जनाएको छ ।
विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको दाबी गर्दै आएका लामाको जुलाई ६ (असार २२) मा जन्मदिन मनाइँदै छ । सो अवसरमा धर्मशालामा बौद्ध धर्मगुरुहरूको तीन दिने भेला आयोजना हुँदै छ
सोही क्रममा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे विस्तृत विवरण र चयन प्रक्रियाबारे जानकारी दिने अपेक्षा गरिएको हो । चीन सरकार आफैँले पनि १५ औँ दलाई लामा छनोट गर्न खोजिरहेको हुँदा यो विषय धार्मिकसँगै भूराजनीतिक दृष्टिले पेचिलो बन्दै आएको छ ।तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी चयनको विषयमा उनले यसपटक स्पष्ट धारणा राखेका छन् ।
उनले आफ्नो पुनर्जन्म पहिचान र खोज गर्ने सम्पूर्ण प्रक्रिया गदेन फोडरङ फाउण्डेशनको मातहतमा हुने उल्लेख गरेका छन् । ‘अन्य कसैलाई यसमा हस्तक्षेप गर्ने अधिकार छैन,’ उनले भने ।
दलाई लामालाई तिब्बतका संरक्षक देवता अवलोकितेश्वरको जीवित अवतार मानिन्छ। अवलोकितेश्वर भनेको बौद्ध धर्ममा करुणाका प्रतीक भगवान हुन् ।
दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन्।
दलाई लामाको परम्परा तीब्बतमा प्राचीन मानिन्छ । १५औँ शताब्दीदेखि अहिलेसम्म १४ जना दलाई लामा भइसकेका छन् ।