सुनिता मगराती
सिरहा/ असार १९ – नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनाेज बनैता यादव बिरूद्ध स्थानिय राजनीतिज्ञ राज कुमार साहले सामाजिक सञ्जालमा ब्यक्त गरेकाे अभिब्यक्तीकाे प्रेस चाैतारी नेपाल सिरहा शाखाले घाेर आपत्ती जनाएको छ । सिरहा महासंघकाे भनाइलाई उद्घृत गर्दै प्रेस चाैतारी नेपाल सिरहाका सचिव सुरेश रायद्वारा हस्ताक्षरित बिहिबार जारी प्रेस बिज्ञप्तीमा साहले पत्रकार यादवबाट सार्वजनिक एक भिडियाे सामाग्रीलाई लिएर अशिष्ट भाषा प्रयाेग गरि टिक्काटिप्पणी गरिएकाे उल्लेख छ ।
पत्रकारले अभिब्यक्ती र स्वतन्त्रता प्रयाेग गर्दा उल्टै पत्रकारकाे सामाजिक चरित्र र प्रतिष्ठामा आघात पुर्याउनु अत्यन्त निन्दनिय र सामाजिक अपराध हाे भन्ने बिज्ञप्तीमा उल्लेख गर्दै याे गतिविधीकाे घाेर भत्सर्ना समेत गरिएकाे छ ।
साथै घटनाकाे सत्यतथ्य छानविन गरी दाेषीमाथि कानुुन बमाेजिम कारवाहीकाे माँग गर्दै सुरक्षित एवंम भयरहित पत्रकारिताकाे प्रत्याभूति गराउँन सराेकारवालालाई बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएकाे छ ।