न्युज 1नेपाल संवाददाता
असार १९ गते, सप्तरी। सप्तरीको बोदे बरसाइन नपा वडा नं १० खडकपुर नजिकै हनुमान मन्दिर स्थित प्रहरी गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली तथा चोरी पैठारी गरी एक मोटरसाइकल र सो मोटरसाइकलको कार्टुनमा राखिएको किराना सामानहरू पक्राउ गरेका छन्।
पक्राउ परेका सामानहरूमध्ये बिस्कुट १० कार्टुन, दुध एक कार्टुन, पहलमान सरसो तेल एक कार्टुन, एक मोटरसाइकल बेवारिसे अवस्थामा रहेकालाई प्रहरीले पक्राउ गरेका हुन्।
असार १७ गते ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट गस्तीका लागि निस्केका प्रहरी टोलीलाई देखेर तस्कर समान छाडेर भागेपछि अलपत्र BRE 3533 न.को मोटरसाइकिल तथा कार्टुन
चेक जाँच गर्दा उक्त सामानहरु फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ गरेका मोटरसाइकिल सहित उक्त समानहरू १ लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी गराए।प्रहरीले पक्राउ गरिएका उक्त समानहरू छली चोरी पैठारी तर्फ आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ।